close

संविधान दिवस मनाउन स्थानीय तहलाई सरकारको परिपत्र

संविधान दिवस मनाउन स्थानीय तहलाई सरकारको परिपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले जिल्ला समन्वय समितिसहितका स्थानीय तह र सबै सरकारी तथा सार्वजनिक निकायलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संविधान दिवस मनाउन परिपत्र गरेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसहित विभाग, आयोजना, परियोजना, प्रतिष्ठान र सबै सरकारी तथा सार्वजनिक निकायलाई २, ३ र ४ असोजमा संविधान दिवस मनाउन परिपत्रमार्फत अनुरोध गरेको हो ।परिपत्रअनुसार स्थानीय तहस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालयले राष्ट्रिय झन्डा एवं दिवस केन्द्रित ब्यानर सजाई कार्यालय र परिसर सफाइ गर्नुपर्नेछ ।

 

स्थानीय तहले सम्बन्धित पालिकाका नागरिकसमेतलाई आ–आफ्नो घरटोल एवं सार्वजनिक स्थलको सफाइका लागि अनुरोध गर्ने, स्थानीय तहभित्रका सरकारी कार्यालय एवं मण्डला, दरबार स्क्वायरजस्ता सार्वजनिक स्थलमा साँझ दीप प्रज्ज्वलन तथा दिपावली गर्ने र पालिकाबासी नागरिकलाई समेत घर–घरमा दिपावली गर्न अनुरोध गर्ने, पालिकाभित्र सञ्चालित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्त्वसम्बन्धी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम प्रकाशन÷प्रसारण गर्ने व्यवस्था मिलाउने कार्यका लागि सरकारले अनुरोध गरेको छ । 

 

यस्तै, दिवस केन्द्रित रही अन्य सान्दर्भिक तथा उपयुक्त कार्यक्रम आयोजना तथा सञ्चालनको प्रबन्ध गर्न र जिल्लास्थित मठमन्दिर, बुद्धविहार, मस्जिद, गुरुद्वारा, चर्चलगायत धार्मिक स्थानमा पुजारी–धर्मगुरुबाट नित्य धार्मिक अनुष्ठान, संकल्प गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदको आत्माको चिरशान्तिको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै पूजापाठ तथा प्रार्थनाको पबवन्ध गर्नसमेत परिपत्र яндексगरिएको छ ।