close

हिल्सा पुग्यो सीमा अध्ययन टोली

हिल्सा पुग्यो सीमा अध्ययन टोली

Trulli
ADVERTISEMENT

हुम्ला–नेपाल–चीन सीमा अध्ययन गर्न गठन भएको गृह मन्त्रालयको टोली लिमी, लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन सकाएर हिल्सा पुगेको छ । सदरमुकाम सीमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । 

 


गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा गाउँपालिका वडा नम्बर ६ का स्थानीय लिमी लाप्चा पुगेर हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ आएको हो । हुम्ला आएकामा संयोजक आचार्यसँग सदस्यहरू उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटुवाल छन् । 

 

नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नम्बर ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीय टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमास्तम्भमा पुगेको छ । उक्त टोली २७ भदौमा सीमकोटबाट लाप्चा प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यले बताए ।