close

महालक्ष्मीका नगर प्रहरीले पाए बर्दी, मध्यपुर थिमिका विद्यालय नखोल्न उर्दी (भिडियो खबर)

महालक्ष्मीका नगर प्रहरीले पाए बर्दी, मध्यपुर थिमिका विद्यालय नखोल्न उर्दी (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) धादिङको गजुरी गाउँपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने पालिकाको योजना । 


२) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा अनलाइनमार्फत घर नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणालीसम्बन्धी तालिम सम्पन्न, कार्यक्रममा कर्मचारीको सहभागिता ।

 
३) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रम सम्पन्न, कार्यक्रममा नगरबासीले राखे विभिन्न गुनासा । 


४) काभ्रेको बेथानचोक गाउँपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


५) सिरहाको धनगढीमाई नगरपालिकाले छैटौं स्थापना दिवस मनायो, दिवसका अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित । 


६) ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा नवनियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न, नगर प्रहरीलाई दज्र्यानी चिह्न पनि प्रदान ।

 
७) सुर्खेतको गुर्भाकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले १० असोजभित्र पालिकामा निवेदन दिनुुपर्ने । 


८) स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रमअन्तर्गत विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, ६ असोजसम्म आवेदन दिनुपर्ने । 


९) बाजुराको जगन्नाथ गाउँपालिकाले ३ जना स्वयंसेवक शिक्षकका लागि विज्ञापन खुलायो, इच्छुकले ७ असोजसम्म दरखास्त बुझाउनुपर्ने । 


१०) हुम्लाको खार्पुनाथ गाउँपालिकामा १ साउनबाट बन्द रहेका सामुदायिक स्वास्थ्य इकाइलाई पुनः सञ्चालनमा ल्याइयो, पालिकामा रहेका ५ वटै इकाइ सञ्चालन । 


११) काभ्रेको धुलिखेल नगरपालिकाले मेलमिलापकर्ताको सूची अद्यावधिक गर्न म्याद थप गर्‍यो, भदौ मसान्तसम्म अद्यावधिक गर्नुपर्ने । 


१२) सुनसरीको दुहवी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा लगायो रोक, पालिकाको निर्देशन अटेर गर्नेलाई कारबाही गरिने । 


१३) उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न आउन रूपन्देहीको कोटहीमाई गाउँपालिकाले सूचना जारी गर्‍यो, १५ कात्तिकसम्म समिति गठन गरिसक्नुपर्ने । 


१४) बागलुङ नगरपालिकाले आगामी ४ असोजदेखि पालिकाभित्रका विद्यालय खुलाउने, दैनिक चार घन्टा पठनपाठन सञ्चालन गर्ने शिक्षा समितिको निर्णय । 


१५) तनहुँको शुक्लागण्डकी नगरपालिकाले पशु शाखाअन्तर्गत चालू वर्षको कार्यक्रमका लागि निवेदन पेस गर्न सूचना जारी गर्‍यो, इच्छुक कृषकले पालिकामा निवेदन दिनुपर्ने ।


१६) अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि फार्मलाई ७५ प्रतिशत अनुदानमा मिल्क क्यान वितरण गर्ने, इच्छुक फार्मले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।


१७) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले तिहारपछि मात्रै विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन सञ्चालन गर्न दिने, हतारिएर विद्यालय सञ्चालन नगर्न पालिकाको आग्रह ।


१८) सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ का महिला सदस्य चनादेवी सदाको निधन, शोकमा पालिका र मातहतका कार्यालय बन्द । 


१९) दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर ४ द्वारा हलवार स्वास्थ्य चौकी भवन र बर्थिङ सेन्टर उद्घाटन, स्वास्थ्य संस्थालाई एम्बुलेन्स पनि हस्तान्तरण । 


२०) काठमाडौंको तारकेश्वर नगरपालिकाद्वारा वडा नम्बर ११ नेपालटारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको नयाँ भवन निर्माण, नवर्निर्मित तीन कोठे भवनको गरियो उद्घाटन ।