close

प्रेस स्वतन्त्रलाई अंकुश लगाउने गतिविधि स्वीकारिन्न : महासंघ अध्यक्ष पोखरेल 

प्रेस स्वतन्त्रलाई अंकुश लगाउने गतिविधि स्वीकारिन्न : महासंघ अध्यक्ष पोखरेल 

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन् । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए ।

 

नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका सुरु भएको साताव्यापी आधारभूत पत्रकारिता तालिम उद्घाटन गर्दै अध्यक्ष पोखरेले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए ।  ‘लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेसविरोधि छ, त्यसलाई फिर्ता गर्न माग गरेका छौँ,’ अध्यक्ष पोखरेलले भने, ‘सरकारले नसच्याए महासंघले स्वीकार गर्दैन ।’ 

 

उनले लुम्बिनीसहित केही प्रदेशले बनाएका मिडिया सम्बद्व कानुन प्रेसविरोधी भएकाले त्यसविरुद्ध पत्रकार बोल्नुपर्ने आवश्यकता औँल्याए । ‘पत्रकारिताप्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई पत्रकारले नै चिर्नुपर्छ’, पोख्रेलले भने ।

पत्रकारिता तालिममले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकार तयार पार्ने विश्वास उनको छ । जस्तोसुकै समाचार लेख्छन् भन्ने छाप परेको भन्दै नागरिकले विश्वास गर्ने गरी समाचार लेख्न सके पत्रकारको स्तर कायम हुने उनको भनाइ छ । 

पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाह र आचारसंहिता पालना गर्नुपर्नेमा उनले जोड दिए ।

 

महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्न सके पत्रकारिता क्षेत्रमा प्रशस्त अवसर रहेको बताए । महासंघले पत्रकारको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको उनले दाबी गरे ।

 

महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, सचिव विनोद परियारले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पत्रकारलाई आग्रह गरे । तालिमको महासंघका निर्वतमान अध्यक्ष गोविन्द आचार्यले सहजीकरण गर्नेछन् ।