close

चाँगुनारायण १० उत्कृष्ट सहरमा छनोट

चाँगुनारायण १० उत्कृष्ट सहरमा छनोट

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगपालिका अमेरिकाको डाटा व्यवस्थापन एवं खुला डाटा क्षेत्रमध्ये संसारको उत्कृष्ट १० सहरमा छनोट भएको छ । सोमबार न्युयोर्कस्थित भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरिएको हो ।

 

नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानले नगरपालिकाले नेपालका तर्फबाट पहिलो पटक सहभागिता जनाएको बताए । योसँगै नेपालबाट कार्यक्रममा छनोट हुने चाँगुनारायण पहिलो नगरपालिका बनेको छ । 

 

‘नेपालजस्तो विकासोन्मुख राष्ट्रको सानो नगर चाँगुनारायणले खुला डाटाको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने विश्वभरलाई उत्साहित बनाएको छ,’ ओपन सिटी इन्कुबटरका कार्यक्रम सञ्चालक एन्ड्रेन्नी स्क्मोकरले भने । यो पोर्टलको विकास परामर्शदाता एवं साझेदारको रूपमा नक्सा प्रालि रहेको छ ।

 

कार्यक्रममा छनोट हुने सहरले आगामी ६ महिनासम्म संसारका विश्वप्रसिद्ध डाटाविज्ञबाट दिइने तालिममा सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार तयार गर्नेछन् ।