close

पालिकामा दिनभरः रामधुनीमा समिति छान्ने हतारो, बाँसगढीमा डिजिटल सेवा दिन चटारो (भिडियो खबर)

पालिकामा दिनभरः रामधुनीमा समिति छान्ने हतारो, बाँसगढीमा डिजिटल सेवा दिन चटारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ५ मा सञ्चालन भईरहेको योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नु पर्ने योजनाका विषयमा पनि छलफल । 


२) स्याङ्जाको वालिङ नगरपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने योजना । 


३) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 


४) पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्‍यो सूचना, इच्छुकले ३१ असोजभित्र पालिकाका निवेदन दिनुपर्ने । 


५) स्याङ्जाको पुतलीबजार नगरपालिकाकोे आयोजनामा पालिका भित्रका सहकारी संस्थाका कर्मचारीका लागि ४ दिने आधारभूत सहकारी व्यवस्थापन सम्बन्धि तालिम जारी, कार्यक्रममा २० जनाको सहभागिता । 


६) अर्खाखाँचीको सन्धिखर्क नगरपालिकाले बाख्रा पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि कृषि समूह तथा फर्मले ११ असोजभित्र प्रस्ताव पेस पेस गर्नुपर्ने । 


७) दोलखाको तामाकोशी गाउँपालिकाले युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि वित्तिय सेवा प्रदायक संस्था छनौटका लागि पालिकाले प्रस्ताव आह्वान सम्बन्धी सूचना जारी गर्‍यो । 


८) रूपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ, पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने । 


९) उदयपुरको कटारी नगरपालिकाद्वारा नदीजन्य पदार्थ विक्रीका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्न सार्वजनिक सुनुवाइ, कार्यक्रममा स्थानीयले दिए राय सुझाव । 


१०) पाँचथरको फालेलुङ गाउँपालिकामा कार्यरत कार्यालय सहगोगी मन्टु केरुङको निधन, गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै दियो ६ असोजमा शोक बिदा ।

 
११) चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तल्लो ढुङ्गे गाउँ सडक सञ्जालसँग जोडियो, कृषि उत्पादन बजार पुर्‍याउन र आवतजावत गर्न सहज हुने । 


१२) कोरोना महामारीका कारण लामो समय बन्द जुम्लाका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सुरु, विद्यालय सञ्चालन गर्न घरदैलोमै पुगेर विद्यार्थी बोलाउन थालियो । 


१३) बर्दियाको बाँसगढी नगरपालिकाले सुरु गर्‍यो डिजिटल सेवा, वडा नम्बर ६ को कार्यालयबाट सेवा सुरु । 


१४) ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले सुरु गर्‍यो प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा, फार्मेसी सञ्चालनका लागि १ जना फर्मासिस्टलाई पालिकाले करार सेवामा नियुक्त गर्‍यो । 


१५) नवलपरासीको सरावल गाउँपालिकाले कृषकलाई हिँउदे घाँसको बिउ वितरण गर्ने, इच्छुक व्यक्ति तथा कम्पनीलाई बिउको दर रेट पेस गर्न सूचना जारी । 


१६) काभ्रेको धुलिखेल नगरपालिकाले नगर प्रहरी भर्ना गर्‍यो, नवनियुक्त नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान । 


१७) भक्तपुरको चाँगुनारायण नगरपालिका संसारका १० उत्कृष्ट नगरको सूचीमा, अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सञ्चालित ओपन सिटी इन्क्युबेटर कार्यक्रममा उत्कृष्ट घोषित । 


१८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नम्बर १ का महिलालाई गलैँचा बुनाई तालिम दिन थाल्यो, तालिम दुई महिनासम्म चल्ने । 


१९) सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ ले टोलटोलमा पुगेर उपभोक्ता समिति गठन गर्न थाल्यो, समितिले वडाको विकासमा ध्यान दिने । 


२०) सुर्खेतको गुर्भाकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले १० असोजभित्र पालिकामा निवेदन दिनुपर्ने ।