close

गुल्मीमा कुटिए एम्बुलेन्स चालक

गुल्मीमा कुटिए एम्बुलेन्स चालक

Trulli
ADVERTISEMENT

रूपन्देही– गुल्मीको दोहली स्वास्थ्य चौकीमा कार्यरत एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कुटपिट गरेका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई स्थानीय लीलबहादुर अछामीले कुटपिट गरेका हुन् ।  पाण्डेयको कुटपिटबाट आँखामा नीलडाम छ भने आँखामाथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरीर सुन्निएको पीडितले बताए ।

 

बिहीबार राती नाक र मुखबाट रगत बगेको अवस्था फेला पारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड–१९ अस्पतालका प्रमुख डा. निश्चल शर्माले बताए ।  बिरामी घरमा लैजान स्वास्थ्य चौकी आउँदा बाटोमै कार्यालय नजिकै कुटपिट गरिएको पीडित दानबहादुर पाण्डेयको भनाइ छ । 

 

संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषीलाई कारबाही माग गरेर उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजी जारी रहेको जानकारी दिए ।