close

पालिकामा दिनभरः मनरासिस्वामा मतगणनाको चर्चा, इन्द्रावतीले दियो पाँचपोखरीलाई खर्च (भिडियो खबर)

पालिकामा दिनभरः मनरासिस्वामा मतगणनाको चर्चा, इन्द्रावतीले दियो पाँचपोखरीलाई खर्च (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरको आदेश, न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासद्वारा ७ कार्तिकमा मतगणनाको मिति तय । 

 

२) खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले गरे प्रमुख प्रशासकीय अधिकृत रविन मगरसँग कार्य सम्पादन करार सम्झौता, विषयगत शाखा प्रमुखसँग पनि सम्झौता । 

 

३) दाङको गढवा गाउँपालिकाले कृषकलाई हिँउदे घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालयमा सम्पर्क गनुपर्ने । 


४) गत चैतदेखि बन्द भएका विद्यालय धमाधम खुल्न थाले, भक्तपुरको भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरे, मध्यपुरथिमि र सूर्यविनायकका विद्यालय भने तिहारपछि मात्रै खुल्ने ।

 

५) रेबिजविरुद्धको अन्तर्राष्ट्रिय दिवस पालिकाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाए, दिवसको अवसरमा आयोजित खोप अभियान जारी । 

 

६) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।

 

७) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एक जना सिभिल इन्जिनियर करारमा नियुक्त गर्‍यो, छनोट भएका विराज कट्टेललाई सम्झौता गर्न आउन पालिकाको सूचना ।

 

८) रामेछापको मन्थली नगरपालिकाद्वारा उपभोक्ता समिति गठन गर्न सूचना जारी, समिति स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन कार्यविधिले तोके अनुसार गठन हुनुपर्ने । 

 

९) लमजुङको मर्स्याङदी  गाउँपालिका र मध्यनेपाल नगरपालिकाले  १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याए, विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा पाठ्यक्रम तयार । 


१०) सुर्खेतको भेरीगंगा नगरपालिकामा भवन निर्माण मापदण्ड २०७२ लागू हुनु पूर्व बनेका घरको अभिलेखिकरण गर्नुपर्ने, अभिलेखिकरणका लागि असोज मसान्तसम्म आवेदन दिनुपर्ने ।


११. पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा बुधबार जितीया पर्वका अवसरमा सार्वजनिक बिदा, सेवाग्राहीलाई बिहीबार मात्रै आउन सूचना जारी । 

 

१२. इलामको चुलाचुली गाउँपालिका वडा नम्ब १ ले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्यायो, भाषाको सम्बद्र्धन हुने विश्वास ।

 

१३.सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले पाँचपोखरी थाङपाल गाउँपालिकालाई गर्‍यो तीन लाख आर्थिक सहयोग, प्राप्त रकम बाढीप्रभावित क्षेत्रका पीडितलाई वितरण गरिने ।

 

१४. झापाको बिर्तामोड नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिक, योजनाको कार्यान्वयनमा ध्यान दिन कर्मचारीलाई आग्रह । 

 

१५. डोल्पाको मुड्केचुला गाउँपालिकाले ७८ जनालाई विभिन्न विषयमा सिप विकास तालिम दिने, तीन दिनभित्र इच्छुकले निवेदन पेस गर्न सूचना जारी ।

 

१६) सुरक्षित आवासका लागि दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि तालिम सञ्चालन, तालिम १७ असोजसम्म चल्ने ।

 

१७) बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र पर्यापर्यटन विकास मञ्चको आयोजनामा प्रकृति पथ प्रदर्शकलाई अंग्रेजी भाषाको तालिम सुरु, तालिम एक महिनासम्म चल्ने । 

 

१८) पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर २ का अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले जन्मदिनको अवसर पारेर विद्यालयलाई रकम सहयोग गरे, जनता माध्यमिक विद्यालयलाई ५२ हजार एक सय रुपैयाँको चेक हस्तान्तरण ।

 

१९) सर्लाहीको हरिपुर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले ३० दिन भित्र निवेदन पेस गनुपर्ने ।


२०) सुनसरीको देवानगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य नरेश शर्माको निधन ।