close

बुटवल नगर प्रमुखलाई मुक्का हान्ने पंगेनी धरौटीमा रिहा

बुटवल नगर प्रमुखलाई मुक्का हान्ने पंगेनी धरौटीमा रिहा

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी एक सातापछि धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ५ हजार रुपैयाँ धरौटी राखेपछि पंगेनी रिहा भएका हुन् ।


सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता विजयराज पौडेलले इलाका प्रहरी कार्यालय बुटवलबाट पेस हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाडेको जानकारी दिए ।  पंगेनीले ४ असोजमा वडा नम्बर ३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका बेला नगर प्रमुख सुवेदीलाई मुक्का हानेका थिए ।


प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा चलाएर अदालतबाट ५ दिने म्याद थप गरि अनुसन्धान गरेको थियो । नगर प्रमुख सुवेदीलाई मुक्का हान्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।