close

पालिकामा दिनभरः हरिनासका शिक्षकको बढ्यो बैंक खाता, प्रदेश २ का पालिकामा अख्तियारको छापा (भिडियो खबर)

पालिकामा दिनभरः हरिनासका शिक्षकको बढ्यो बैंक खाता, प्रदेश २ का पालिकामा अख्तियारको छापा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ मा ज्येष्ठ नागरिक आवासगृह निर्माण, निर्माण कम्पनीले भवन वडा कार्यालयलाई गर्‍यो हस्तान्तण । 

 

२) मोरङको पथरी शनिश्चरे नगरपालिकाले सुरु गरेको जिओकृषि एपको कार्यालयको अस्ट्रेलियन एडका प्रतिनिधिद्वारा अनुगमन, अब अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानबारेमा जानकारी लिन सकिने । 


३) भक्तपुरको सूर्यवनायक नगरपालिकाले विद्यालयमा कात्तिकदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने, सरोकारवालाहरूको सहभागितामा पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला सम्पन्न । 


४) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी । 


५) ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, दरखास्त दिएका उम्मेदवारको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशित । 


६) अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनियमितता गरेको भन्दै अनुसन्धान थाल्यो, कागजपत्र जफत । 


७) बाराको करैयामाई गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले २० असोज भित्र निवेदन पेस गनुपर्ने । 


८) स्याङ्जाको हरिनास गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिक र कर्मचारीको गर्‍यो तलब वृद्धि, पालिकाको निर्णयले शिक्षक र कर्मचारी दंग । 


९)स्याङ्जाको वालिङ नगरपालिकामा निःशुल्क रेबिजविरुद्धको खोप अभियान जारी, एक सातासम्म सञ्चालन हुने अभियानमा कुकुर, बिरालालाई निःशुल्क खोप लगाउन सकिने ।

 
१०) कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा नगर प्रोफाइल निर्माण, हालसम्म १२ वटा स्थानीय तहले मात्रै बनाए नगर प्रोफाइल । 


११) सुरक्षित आवासका लागि दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि तालिम सञ्चालन, तालिम १७ असोजसम्म चल्ने । 


१२) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकदेखि लफ्याङसम्मको सडक खण्डमा ग्राबेलिङ गरिने, नगरप्रमुख दीपनारायण रिजाल र जिल्ला समन्वय प्रमुख बबी चाम्लिङद्वारा ग्राभेलिङको शुभारम्भ । 


१३) रूपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा राजमार्ग सरसफाइ अभियान सञ्चालन, अभियानमा स्थानीय र संघसंस्थाको पनि साथ । 


१४) बर्दियाको बारबर्दिया नगरपालिकाले तयार पार्‍यो शैक्षिक पाश्र्व चित्र, पालिकाले अब पाश्र्व चित्र सार्वजनिक गर्ने । 


१५) डोटीको जोरायल गाउँपालिकामा रहेका विद्यालयका शिक्षक, लेखापाल र परिचरले तोकिएको तलब नपाएको भन्दै आन्दोलन सुरु गरे, पठनपाठन प्रभावित । 

 

१६) धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ की सुमित्रादेवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडा नम्बर ४ का अध्यक्ष कुशेश्वर ठाकुर प्रहरीको नियन्त्रणमा, सातदिन म्याद थपेर प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

१७) ताप्लेजुङ मैवाखोला गाउँपालिकाले कृषक तथा कृषि समूहलाई विभिन्न तरकारीको बिउ वितरण गर्ने, बिउ लिन कृषकले पालिकामा सम्पर्क गनुपर्ने । 

 

१८) विश्व मुुटु दिवस अवसरमा पर्साको वीरगञ्जमा महानगरपालिकाद्वारा जनचेनतनामूलक र्‍याली आयोजना, घन्टाघरबाट निस्किएको र्‍याली नारायणी अस्पतालमा पुगेर सभामा परिणत ।

 

१९) रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा १७ वटै वडामा रेविजबिरुद्धको निःशुल्क खोप अभियान सञ्चालन, अभियान १८ असोजसम्म चल्ने । 

 

२०) झापाको कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन, शोकमा पालिका र वडा कार्यालय बन्द ।