close

पालिकामा दिनभरः बुटवलका नगरप्रमुखलाई प्रधानमन्त्रीको आस, बुद्धशान्तिमा कोरोनाको त्रास (भिडियो खबर)

पालिकामा दिनभरः बुटवलका नगरप्रमुखलाई प्रधानमन्त्रीको आस, बुद्धशान्तिमा कोरोनाको त्रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) अछामको बान्नीगढी जयगढ गाउँपालिकाको शान्नीकोट आधारभूत विद्यालयको अनुदान कटौती गरेको भन्दै शिक्षक र विद्यार्थीले पालिकामा तालाबन्दी गरे, कामकाज प्रभावित । 

 

२) सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडा नम्बर २ मा कामदार अभिमुखीकरण कार्यक्रम सम्पन्न, अब पालिकाले बेरोजगारलाई रोजगार दिने । 

 

३) रौतहटको राजदेवी नगरपालिकाका बाल शिक्षक र कर्मचारी आन्दोलित, सरकारले बढाएको पारिश्रमिक पाउनुपर्ने माग राख्दै पालिकाको कार्यालय घेराउ  । 

 

४) कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा मनोसामाजिक मनोविमर्श तथा किशोरी आत्मरक्षा तालिम सञ्चालन, तालिम १५ असोजसम्म चल्ने । 


५) कपिलवस्तुको मायादेवी गाउँपालिकाले एक जना मनोसामाजिक परामर्शकर्ता नियुक्त गर्न विज्ञापन प्रकाशन गर्‍यो, इच्छुकले २० असोजसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने । 


६) सुरक्षित आवास निर्माण गर्न दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि तालिम सञ्चालन, तालिम १७ असोजसम्म चल्ने । 


७) मोरङको सुन्दरहरैंचा नगरपालिकाले बजार अनुगमन गर्न थाल्यो, अनुगमनका क्रममा अनिषा बेकरी उद्योगले मिति नराखी उत्पादित बिस्कुट बजारमा पठाएको फेला पर्‍यो । 


८) सर्लाहीको हरिपुर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले ३० दिनभित्र निवेदन पेस गनुपर्ने । 


९) चाडपर्व नजिकिएपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बजार अनुगमन गर्न थाल्यो, नगर क्षेत्रका पसल अनुगमन गर्दा म्याद सकिएका खाद्य सामग्री बरामद । 


१०) ललितपुरको महालक्ष्मी नगरपालिकाले कृषकलाई जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले विभिन्न वडा कार्यालय र पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 


११) डोल्पाको डोल्पो बुद्घ गाउँपालिकाले एक जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्न विज्ञापन खुलायो, ३० दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१२) जुम्लाको चन्दननाथ नगरपालिकाद्वारा कोरोना प्रभावित ३० जनालाई विभिन्न राहत सामग्री प्रदान, सामग्री पाउँदा विपन्न परिवार दंग । 


१३) स्याङ्जाको वालिङ नगरपालिका र रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निःशुल्क रेबिजविरुद्धको खोप अभियान जारी, कुकुर र बिरालालाई निःशुल्क खोप लगाउन सकिने । 


१४) रूपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बाढीपहिरो प्रभावित क्षेत्रको बस्ती स्थानान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानकर्षण-पत्र बुझाए, तिनाउ र दानव नदीले कटान गरेका बस्तीको सुरक्षार्थ तटबन्ध निर्माण गर्न माग । 


१५) न्यायिक समितिमा रहेका मेलमिलापकर्ताको सूची अद्यावधिक गर्न सिन्धुलीको मरिण गाउँपालिकाले जारी गर्‍यो सूचना, १५ दिनभित्र अद्यावधिक गर्नुपर्ने । 


१६) विद्यार्थीमा ज्वरो र शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि झापाको बुद्धशान्ति गाउँपालिकाद्वारा तीन विद्यालय पुनः बन्द, बुद्ध आदर्श, राष्ट्रिय विजय र बर्ने माविमा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित । 


१७) संखुवासभाको मादी नगरपालिकाले ६ जना पशु स्वास्थ्य प्राविधिक करारमा नियुक्त गर्ने, इच्छुकले १२ कात्तिकसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने ।


१८) पाल्पाको रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधि प्रयोग गरी घरबाटै सरकारी सेवा लिन थाले, गाउँपालिकाले इन्टरनेट जडानमा अनुदान दिन थाल्यो । 


१९) खोटाङको साकेला गाउँपालिकाले लाभग्राहीलाई आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक रकम वितरण गर्ने, १७ असोजदेखि पालिकामा शिविर सञ्चालन हुने ।

 
२०) काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का वडा सदस्य रामबहादुर तामाङको निधन, शोकमा पालिका र वडा कार्यालय १५ असोजमा बन्द गर्ने निर्णय  ।