close

पालिकामा दिनभरः जताततै  ज्येष्ठ  नागरिकको सम्मान, चाडवाड आएपछि बल्ल बजार अनुगमन (भिडियो खबर)

पालिकामा दिनभरः जताततै  ज्येष्ठ  नागरिकको सम्मान, चाडवाड आएपछि बल्ल बजार अनुगमन (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा पालिकाको लगानीमा ज्येष्ठ नागरिक भवन निर्माण, भवनको गरियो उद्घाटन तथा हस्तान्तरण । 

 

२) खोटाङको साकेला गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इन्टरनेट विस्तारको काम सुरु, २३ विद्यालयमा इन्टरनेट विस्तार गरिने । 


३) ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा नामक कार्यक्रमको शुभारम्भ, ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर स्वास्थ्य परीक्षण गरिने । 

 

४) मोरङको लेटाङ नगरपालिकाले समुदायमा आधारित पुर्नस्थापना सहजकर्ताको नतिजा प्रकाशन गर्‍यो, परीक्षामा उर्तीण मनीषा लिम्बूले नियुक्तिका लागि सात दिनभित्र पालिका सम्पर्क गर्नुपर्ने ।

 
५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन थाल्यो, मेलम्चीको सक्रियताप्रति स्थानीय दंग । 


६) सल्यानको कपुरकोट गाउँपालिकाले कृषकलाई जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले पशुपक्षी विकास कार्यालयमा सम्पर्क गर्नुपर्ने । 


७) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा कैलालीको लम्कीचुहा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै गर्‍यो सम्मान, पालिकाले सामाजिक सुरक्षा भत्ता पनि दशैँअगाडि नै वितरण गर्ने । 


८) चाडपर्व नजिकिएसँगै पालिकाहरुले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद । 


९) स्याङ्जाको वालिङ नगरपालिका र रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निःशुल्क रेबिजविरुद्धको खोप अभियान जारी, कुकुर र बिरालालाई निःशुल्क खोप लगाउन सकिने । 


१०) सिन्धुलीको कमलामाई नगरपालिकाले वडा नम्बर ९ को भीमानमा ज्येष्ठ नागरिक दिवा सेवा भवन सञ्चालनमा ल्यायो, नगरप्रमुख खड्गबहादुर खत्रीले गरे भवनको उद्घाटन । 


११) काठमाडौंको शंखरापुर नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान, कपडा पाउँदा ज्येष्ठ नागरिक दंग । 


१२) चितवनको भरतपुर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई गर्‍यो सम्मान, पालिकाले ज्येष्ठ नागरिकका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने । 


१३) सुरक्षित आवास निर्माण गर्न दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि तालिम सञ्चालन, तालिम १७ असोजसम्म चल्ने । 

 

१४) पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ को रजहरमा रहेको प्राकृतिक चिकित्सालयको परिसरमा आधुनिक प्रतीक्षालय निर्माण गरिने, प्रतीक्षालयको गरियो शिलान्यास । 


१५) सिन्धुलीको तीनपाटन गाउँपालिकाले विद्यालय र सहकारी संस्था र क्लबको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्‍यो सूचना, ३१ असोजभित्र पालिकाका निवेदन दिनुपर्ने । 

 

१६) बाराको करैयामाई गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले २० असोज भित्र निवेदन पेस गनुपर्ने । 

 

१७) म्याग्दीको बेनी नगरपालिकामा रसायनिक मल बिक्री गर्न सहकारी, फर्म र कम्पनीले अनुमति लिनुपर्ने, १७ असोजभित्र पालिकामा कागजपत्र बुझाउनुपर्ने । 

 

१८) ज्येष्ठ नागरिक दिवसको अवसरमा इलामको चुलाचुली गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकको   निःशुल्क आखाको जाँच, स्क्रिनिङ तथा मोतियाबिन्दुको अपरेसन सुरु, शिविर १६ असोजसम्म चल्ने ।

 

१९) कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा मनोसामाजिक मनोविमर्श तथा किशोरी आत्मरक्षा तालिम सम्पन्न, सहभागीलाई हिंसाबाट बच्ने उपाय लगायतका बारेमा दिइएको थियो जानकारी । 


२०) काभ्रेको नमोबुद्ध नगरपालिकाले वडा नम्बर ११ का वडा सदस्य रामबहादुर तामाङको निधनको शोकमा पालिका र वडा कार्यालय गर्‍यो बन्द ।