close

पालिकामा दिनभरः भैँसी जुलुस लगाएर सूचना माग, स्थायी जागिरे बनाउन कर्मचारीको राग (भिडियो खबर)

पालिकामा दिनभरः भैँसी जुलुस लगाएर सूचना माग, स्थायी जागिरे बनाउन कर्मचारीको राग (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) खोटाङको साकेला गाउँपालिकाले लाभग्राहीलाई आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक रकम वितरण गर्न थाल्यो, भत्ता बाँड्न वडा-वडामा शिविर सञ्चालन । 


२) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी, स्थानीयले निकाले भैँसी जुलुुस । 


३) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकदेखि लफ्याङसम्मको सडक खण्डमा ग्राबेलिङको काम सुरु, आवतजावतमा सहज हुने । 


४) गुल्मीको रेसुंगा नगरपालिकालको तम्घास बजार क्षेत्रभित्र प्रशासनले विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगायो, सवारीको चाप व्यवस्थापन गर्न पालिकाले नगर प्रहरी पनि खटाउने । 


५) चाडपर्व नजिकिएसँगै पालिकाहरुले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद । 


६) कैलालीको जानकी गाउँपालिकाद्वारा पशुपालक कृषकलाई विभिन्न औषधीलगायतका सामग्री र घाँसको बिउ वितरण, निःशुल्क औषधी पाउँदा कृषक दंग । 


७) रौतहटको गरुडा नगरपालिकाको नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय, उपप्रमुख रंगिलाकुमारी जयसवालद्वारा सभा वहिष्कार । 


८) अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाद्वारा उपभोक्ता हकहितका विषयमा सरोकारवालासँग छलफल सम्पन्न, बजार अनुगमनलाई निरन्तरता दिन सहभागीले दिए सुझाव । 


९)स्थानीय तहमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले आन्तरिक मूल्यांकन गरी स्थायी गर्न माग अघि सारे, कर्मचारीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेटेर ज्ञापनपत्र बुझाए । 


१०) आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउँदै स्थानीय तह, खोप लगाउन पालिकाले तोके केन्द्र । 


११) ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला उत्पादन तथा बिक्री वितरणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले लगायो रोक, निर्णय अटेर गर्नेलाई कारबाही गरिने । 


१२) रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा १७ वटै वडामा रेविजबिरुद्धको निःशुल्क खोप अभियान सञ्चालन, अभियान १८ असोजसम्म चल्ने । 


१३) सुर्खेतको भेरीगंगा नगरपालिकामा भवन निर्माण मापदण्ड २०७२ लागू हुनु पूर्व बनेका घरको अभिलेखिकरण गर्नुपर्ने, अभिलेखिकरणका लागि असोज मसान्तसम्म आवेदन दिनुपर्ने । 


१४) बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र पर्यापर्यटन विकास मञ्चको आयोजनामा प्रकृति पथ प्रदर्शकलाई अंग्रेजी भाषाको तालिम दिन सुरु, तालिम एक महिनासम्म चल्ने ।

 

१५) कपिलवस्तुको मायादेवी गाउँपालिकाले एक जना मनोसामाजिक परामर्शकर्ता नियुक्त गर्न विज्ञापन प्रकाशन गर्‍यो, इच्छुकले २० असोजसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१६) चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ को कार्यालद्वारा स्वास्थ्य सेवा केन्द्रलाई सेनेटरी प्याड हस्तान्तरण, अब केन्द्रले प्याड निःशुल्क वितरण गर्ने । 


१७) कोरोना संक्रमणबाट डडेल्धुराको अगरगढी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य जगन्नाथ ओझाको निधन, शोकमा पालिका र वडा कार्यालय बन्द । 
        
१८) कास्कीको अन्नपूर्ण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालय र पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 


१९) बैतडीको पुर्चौडी नगरपालिकाको धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना, आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास । 


२०) सुरक्षित आवास निर्माण गर्न दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि सञ्चालन गरिएको एक हप्ते तालिम सम्पन्न ।