close

पालिकामा दिनभरः विद्यार्थीलाई स्वअध्ययन पुस्तिका, खाता खोल्न धनगढीमाईको ताकेता (भिडियो खबर)

पालिकामा दिनभरः विद्यार्थीलाई स्वअध्ययन पुस्तिका, खाता खोल्न धनगढीमाईको ताकेता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) दाङका भक्त डाँगीले बबई गाउँपालिकाको प्रांगणमा तीन दिने भोक हडताल सुरु गरे, पालिकाको समग्र विकासको माग । 

 

२) चाडपर्व नजिकिएसँगै पालिकाहरूले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद । 

 

३) जुम्लाको तातोपानी गाउँपालिकाका २६ सय विद्यार्थीलाई स्वअध्ययन पुस्तिका वितरण, अभिभावकलाई पनि सन्देश मूलक सामग्री प्रदान । 

 

४) लाभग्राहीलाई बाल पोषण भत्ता खाता खोल्न सिरहाको धनगढीमाई नगरपालिकाले जारी गर्‍यो सूचना, वडा कार्यालयबाट परिचयपत्र बनाई एनसीसी बैंकमा खाता खोल्नुपर्ने । 


५) सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सडक सरसफाइ तथा मर्मत गर्ने, इच्छुक निर्माण व्यवसायी तथा फार्मले पालिकामा दररेट पेस गर्नुपर्ने । 


६) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कृषकलाई मासिक एक हजार रुपैयाँ पेन्सन दिने, पेन्सन दिन कृषकबाट निवेदन संकलन । 


७) बर्दियाको बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई च्याउको बिउ वितरण गर्ने, बिउ लिन कृषकले कृषि शाखा र सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने । 


८) पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयलाई ल्यापटप र प्रिन्टर गर्‍यो वितरण, ४४ वटा विद्यालयलाई सामग्री प्रदान । 


९) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी । 

 

१०) काभ्रेको नमोबुद्ध नगरपालिकाले नगर प्रहरी करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


११) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 


१२) राष्ट्रिय जनगणनाअन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम सम्पन्न, मूल जनगणना आउँदो २५ कात्तिकदेखि ९ मंसिरसम्म हुने । 


१३) दाङको गढवा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 


१४) लमजुङको सुन्दरबजार नगरपालिकाले प्राविधिक सहायक पदको नतिजा निकाल्यो, तनहुँको भानु नगरपालिकाका सुमन पोखे्रललाई करार सम्झौता गर्न आउन पालिकाद्वारा सूचना जारी । 


१५) खोटाङको साकेला गाउँपालिकाले लाभग्राहीलाई आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक रकम वितरण गर्न थाल्यो, भत्ता बाँड्न वडा–वडामा शिविर सञ्चालन । 

 

१६) उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको कोभिड अस्पताल बन्यो कोरोनामुक्त, जिल्लाका आठ स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको थियो अस्पताल । 

 

१७) काठमाडौंको नागार्जुन नगरपालिकाको नगर कार्यपालिकाको बैठक सम्पन्न, बैठकले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय । 


१८) सर्लाहीको हरिपुर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले ३० दिनभित्र निवेदन पेस गनुपर्ने । 

 

१९) काभ्रेको पनौती नगरपालिकाले किसानको गोठ मै पुगेर मनायो विश्व पशु दिवस, पशुपालनका क्षेत्रमा लगानी बढाउँदै पालिका । 


२०) धनुषाको शहिदनगर नगरपालिकाको समन्वयमा जानकी आँखा अस्पताल लगायतद्वारा निःशुल्क आँखा उपचार शिविर आयोजना ।