close

पालिकामा दिनभरः कृष्णनगरमा झाडापखालाको महामारी, फलामे हलोले जोतिने भए खेतबारी (भिडियो खबर)

पालिकामा दिनभरः कृष्णनगरमा झाडापखालाको महामारी, फलामे हलोले जोतिने भए खेतबारी (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न गत ४ असोजदेखि संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी । 


२) सरकारले बढाएको १५ हजार रुपैयाँ पारिश्रमिक पाउनुपर्ने माग राख्दै पर्वतको कुश्मा नगरपालिकाका बालविकास सहयोगी आन्दोलित, सहयोगीको मागप्रति शिक्षक संघ, संगठनले पनि जनाए ऐक्यबद्धता । 


३) सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग इलामको सूर्योदय नगरपालिकाले गर्‍यो कार्यसम्पादन सम्झौता, प्रधानाध्यापकले गरे शिक्षकसँग पनि सम्झौता । 

 

४) चाडपर्व नजिकिएसँगै पालिकाहरूले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद । 

 

५) काभ्रेको पनौती नगरपालिकालाई एफएडिभी नेपाल संस्थाद्वारा विभिन्न स्वास्थ्य सामग्री प्रदान, नगरप्रमुख भीम न्यौपानेले बुझे स्वास्थ्य सामग्री । 


६) जुम्लाको पातारासी गाउँपालिकाद्वारा विभिन्न संस्थाको सहयोगमा  कोरोना प्रभावित परिवारलाई राहत वितरण, ४० परिवारले पाए राहत । 

 

७) लगानी र व्यावसायिक वातावरण निर्माणमा रूपन्देहीको बुटवल उपमहानगर बन्यो देशकै उत्कृष्ट, जर्मन सहयोग नियोगले विषयगत विज्ञमार्फत मुलुकका ११ वटा नगरपालिकाको गरेको थियो सर्वेक्षण । 

 

८) खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन रहेको पुष्टि, भवनमा प्रयोग गरिएका निर्माण सामग्री गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा गरिएको थियो परीक्षण । 

 

९) नवलपरासीको बर्दघाट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले पशुपन्छी विकास शाखामा सम्पर्क गर्नुपर्ने । 


१०) दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ को कार्यालयले ६५ जना किसानलाई बाँड्यो फलामे हलो, हलो पाउँदा कृषक दंग ।


११) कञ्चनपुरको पुनर्वास नगरपालिकाले निःशुल्क प्लम्बर तालिम सञ्चालन गर्ने, इच्छुकले ४ कात्तिकसम्म पालिकामा निवेदन दिनुपर्ने ।


१२) उपभोक्ता समितिलाई योजना सम्झौता गर्न आउन रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले जारी गर्‍यो सूचना, मंसिर मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने । 


१३) कैलालीको लम्किचुहा नगरपालिकाद्वारा सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यक्रमअन्तर्गत छनोट भएका सहकारी संस्थाको नाम सार्वजनिक, छनोट भएका सहकारीले अब अनुदान वितरण गर्ने । 


१४) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा कर्मचारीका लागि कानूनी शिक्षा सम्बन्धी तालिम आयोजना, सेवा प्रवाह थप चुस्त हुनेमा कर्मचारी विश्वस्त । 


१५) कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप फैलियो, दुई जनाको मृत्यु, बिरामीको संख्या बढ्दै । 

 

१६) प्युठान नगरपालिकाले कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई नगद राहत उपलब्ध गराउन थाल्यो, प्रतिपरिवार ३५ हजार रुपैयाँका दरले रकम वितरण ।

 

१७) कञ्चनपुरको भीमदत्त नगरपालिकाले सञ्चालन गरेको महाकाली बहुप्राविधिक शिक्षालयले सिटिइभिटीबाट २ वटा विषय सञ्चालन गर्ने अनुमति पायो, अब पालिकाबासीले गाउँमै प्राविधिक शिक्षा पढ्न पाउने । 


१८) दाङको गढवा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 


१९) सिन्धुलीको मरिण गाउँपालिकाले ९ जना शिक्षक भर्ना गर्न विज्ञापन खुलायो, इच्छुकले सात दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


२०)  दाङको बबई गाउँपालिकामा विकास माग गर्दै स्थानीय भक्त डाँगीले १८ असोजदेखि सुरु गरेको तीनदिने ध्यानाकर्षण भोक हडताल जारी ।