close

बालविकास शिक्षकको जताततै तलब वृद्धि, महाशिलामा किचेन गार्डेनले ल्याउँदै समृद्धि (भिडियो खबर)

बालविकास शिक्षकको जताततै तलब वृद्धि, महाशिलामा किचेन गार्डेनले ल्याउँदै समृद्धि (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पर्वतको कुश्मा नगरपालिकाद्वारा बालविकास सहयोगी र कर्मचारीको तलब वृद्धि गर्ने निर्णय, पालिकाको निर्णयपछि बालविकास सहयोगी र कर्मचारीले आन्दोलन स्थगित गरे । 


२) दसैँ, तिहार र छठपर्व २०७८ को अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागिता ।

 
३) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न गत ४ असोजदेखि संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी ।

 
४) कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप फैलियो, दुई जनाको मृत्यु, बिरामीको संख्या बढ्दै, उपचारका लागि पालिकाले स्वास्थ्यकर्मी खटायो । 


५) तनहुँको व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्ण काम अनलाइनबाट गर्न थाल्यो, अब घरमै बसेर नक्शाको काम गर्न सकिने । 


६) खोटाङको साकेला गाउँपालिकाले लाभग्राहीलाई आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक रकम वितरण गर्न थाल्यो, भत्ता बाँड्न वडा-वडामा शिविर सञ्चालन । 


७) चाडपर्व नजिकिएसँगै पालिकाहरूले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद । 


८) रुपन्देहीमा १८ वर्षमाथिका ६५ हजार नागरिकलाई दसैँअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने, १६ स्थानीय तहका ९९ स्थानमा तोकियो खोप केन्द्र । 


९)काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा कर्मचारीका लागि कानूनी शिक्षा सम्बन्धी दुई दिने तालिम आयोजना, सेवा प्रवाह थप चुस्त हुनेमा कर्मचारी विश्वस्त । 


१०) सल्यानको कपुरकोट गाउँपालिकाद्वारा धनवाङ स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र स्थापना, पालिकाका अध्यक्ष भीमबहादुर सेनले गरे केन्द्रको उद्घाटन । 


११) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाद्वारा विद्यालयमा कार्यरत बालविकास शिक्षक, लेखापाल र विद्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय, दसैँको मुखमा पाउने भए शिक्षक र कर्मचारीले बढेको तलब । 


१२) रामेछापको मन्थली नगरपालिकाले आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गर्ने, भत्ता लिन योग्य बालबालिकाले २५ कात्तिकसम्म पालिकामा निवेदन दिनुपर्ने ।


१३) तलबभत्ता माग गर्दै म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, लेखापाल र मेडिकल सुपरिटेन्डेन्टबीचको विवादले तीन महिनासम्म रोकियो १२३ जनाको तलब । 

 

१४) ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिकावासीलाई भेरोसेल खोपको पहिलो मात्रा लगायो, खोपका लगाउन ११ वटा केन्द्रको व्यवस्था । 

 

१५) काभ्रेको पाँचखाल नगरपालिकाको सहयोगमा निर्माण भएको पलाञ्चोक माविको ८ कोठे भवनको नगरप्रमुख महेश खरेलले गरे उद्घाटन, पठनपाठनमा थप सहज हुने । 


१६) सिन्धुलीको तीनपाटन गाउँपालिकाले विद्यालय र सहकारी संस्था र क्लबको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्‍यो सूचना, ३१ असोजभित्र पालिकाका निवेदन दिनुपर्ने । 

 

१७) कास्कीको अन्नपूर्ण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालय र पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 

 

१८) प्युठान नगरपालिकाले कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई नगद राहत उपलब्ध गराउन थाल्यो, प्रतिपरिवार ३५ हजार रुपैयाँका दरले रकम वितरण । 

 

१९) पर्वतको महाशिला गाउँपालिकाले जिल्लामै पहिलोपटक किचन गार्डेन कार्यक्रम सुरु गर्‍यो, तरकारी, फलफूललगायत उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने योजना । 


२०) छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै काभ्रेको नमोबुद्ध नगरपालिका, पालिकाको सहयोगमा दाप्चा स्वास्थ्य चौकीले आमाहरुलाई नगद रकम प्रदान गर्‍यो ।