close

पालिकामा दिनभरः भीमदत्तमा मेट्रिक घर नम्बर सेवा, आठबिसकोटका समितिलाई सम्झौताको ताकेता (भिडियो खबर)

पालिकामा दिनभरः भीमदत्तमा मेट्रिक घर नम्बर सेवा, आठबिसकोटका समितिलाई सम्झौताको ताकेता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नवनिर्मित भवनबाट सेवा दिन थाल्यो, सेवा प्रवाह थप सहज हुनेमा पालिकावासी विश्वस्त । 


२) कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्‍यो, वडा नम्बर १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु । 


३) चाडपर्व सुरु भएसँगै पालिकाहरूले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद ।

 
४) काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने, २४ असोजसम्म खोप अभियान सञ्चालन हुने । 


५) बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ६ को कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, वडाको सेवा प्रवाह चुस्त र सहज हुने विश्वास । 


६) विश्व अण्डा दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाद्वारा गर्भवतीलाई अण्डा वितरण, स्तनपान गराईरहेकाहरु पनि प्राथमिकतामा । 


७) तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ द्वारा लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण, दसैँको मुखमा भत्ता पाउँदा लाभग्राही दंग । 


८) डोटीका नौ वटै स्थानीय तहलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अक्सिन सिलिण्डर  प्रदान गर्‍यो, कोरोनो रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने दावी । 


९) रोल्पाको त्रिवेणी गाउँपालिकाले नेर्पा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालनमा ल्यायो, अब पालिकावासी उपचारका लागि अन्यत्र जानु नपर्ने । 


१०) काभ्रेको धुलिखेल नगरपालिकाद्वारा उद्यम विकास र रोजगारी सिर्जना कार्यक्रम अन्तर्गत महिलालाई सिलाई मेसिन वितरण, मेसिन पाउँदा महिला दंग । 


११) सिन्धुपाल्चोकको १२ किलो- टिमुरे सडकमा यात्रु बस सञ्चालन, सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर ७ का स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित । 


१२) झापाको दमक नगरपालिकाको आयोजनामा महिलाका लागि शेयर खरिद तथा व्यवस्थापन सम्बन्धी चार दिने तालिम आयोजना, तालिममा महिलाको उल्लेख्य सहभागिता । 


१३) बर्दियाको ठाकुरबाबा नगरपालिकाद्वारा कृषकलाई च्याउको बिउ प्रदान, पालिकाले पहिलो चरणमा अनुदानमा १५ सय प्याकेट च्याउको बिउ बाँड्यो । 


१४) भक्तपुर नगरपालिकाले वडा नम्बर १ को सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्‍यो, नगरप्रमुख सुनील प्रजापतिले गरे भवनको उद्घाटन । 

 

१५) चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न, भूकम्प, आगलागी तथा सडक दुर्घटना भएमा उद्दार गर्न तरिका पनि सिकाइयो । 


१६) दाङको राप्ती प्रादेशिक अस्पतालमा कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाई स्थापना,  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरे उद्घाटन । 


१७) रुपन्देहीमा १८ वर्षमाथिका ६५ हजार नागरिकलाई दशैंअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने, १६ स्थानीय तहका ९९ स्थानमा तोकियो खोप केन्द्र । 


१८) खोटाङको साकेला गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इन्टरनेट विस्तार, २३ विद्यालयमा इन्टरनेट विस्तार भएसँगै अध्ययन अध्यापनमा सहज हुने । 


१९) उपभोक्ता समितिलाई योजना सम्झौता गर्न आउन रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले जारी गर्‍यो सूचना, मंसिर मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने । 

 

२०) सिन्धुलीको दुधौली नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालयमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने ।