close

बाढी पहिरो अपडेट : ३० जनाको मृत्यु ३२ बेपत्ता 

बाढी पहिरो अपडेट : ३० जनाको मृत्यु ३२ बेपत्ता 

Trulli
ADVERTISEMENT

काठमाडौं– गृह मन्त्रालयले देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोमा परेर बुधबार १० बजेसम्ममा ३० जनाको मृत्यु र ३२ जना बेपत्ता भएको जनाएको छ । 

 

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । बैतडीकै सुर्नैया गाउँपालिका(५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । 

 

प्रदेश १ को धनकुटास्थित चौविसे गाउँपालिका-१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । 

 

डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् ।

 

हुम्लाको खार्पुनाथ गाउँपालिका(५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् ।

 

इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ ।

 

पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका(३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् ।

 

उदयपुरमा बाढीले एक जना बगाएको छ । त्रियुगा नगरपालिका-५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।