close

बाढी पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म दिने सरकारको निर्णय

बाढी पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म दिने सरकारको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको हो । 

 

एकैघरमा एक जनाको मृत्यु भएको खण्डमा २ लाख र एक भन्दा धेरैको मृत्यु भएको भए थप एक लाखका दरले राहत उपलब्ध गराउने छ । सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने भएको छ  ।