close

बाढी पहिरोले इलाममा आठको मृत्यु, सात बेपत्ता

बाढी पहिरोले इलाममा आठको मृत्यु, सात बेपत्ता

Trulli
ADVERTISEMENT

इलाम– दुई दिनको लगातार आएको वर्षापछिको पहिरोमा पुरिएर इलाममा १३ जनाको मृत्यु भएको छ । पहिरोका कारण फाकफोकथुम गाउँपालिकामा एकै परिवारका चारसहित छ जनाको ज्यान गएको छ । फाकफोकथुम–३ आमचोकमा एकै परिवारका चार जनाको पहिराले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 


    
घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । 

 

उनका अनुसार दुईतले घरको भुइँतलामा सुतेका उनीहरूलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । देउमाई नगरपालिका–२ की सरिता आचार्य, सूर्योदय नगरपालिकाका–३ जिलका नारायण मोते, माई नगरपालिका–३ का विशाल तामाङको मृत्यु भएको जनाइएको छ । त्यस्तै जिल्लामा सात जना बेपत्ता भएका छन् । बाढी, पहिरोका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।