close

बाढीपहिरोको कारण पाँचथरमा २८ को मृत्यु, ३ बेपत्ता

बाढीपहिरोको कारण पाँचथरमा २८ को मृत्यु, ३ बेपत्ता

Trulli
ADVERTISEMENT

पाँचथर– निरन्तरतको वर्षासँगै आएको बाढिपहिरोका कारण पाँचथरमा २८ जनाको मृत्यु भएको छ भने ३ बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङ गाउँपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको पालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । अध्यक्ष माखिमका अनुसार अझै ३ जना बेपत्ता छन् ।


मिक्लाजुङ वडा नम्बर ५ मा १५ जनाको मृत्यु, २ बेपत्ता, वडा नम्बर १ मा २, वडा नम्बर २ मा २, वडा नम्बर ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।
यस्तै, वडा नम्बर ७ मा २ जनाको मृत्यु भएको छ । वडा नम्बर ५ को कुरुम्बामा एकै ठाउँ ११ जनाको मृत्यु भएको छ ।


सदरमुकामस्थित फिदिम वडा नम्बर ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ र कुम्मायकमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।


बाढीपहिरोका कारण जिल्लामा दर्जनौँ परिवार विस्थापित भएका छन् । मेची राजमार्ग र जिल्लाका ग्रामीण सडक क्षतिग्रस्त बनेका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा थप समस्या भएको छ ।