close

दाङमा टाटा सुमो दुर्घटना हुँदा ९ यात्रु घाइते

दाङमा टाटा सुमो दुर्घटना हुँदा ९ यात्रु घाइते

Trulli
ADVERTISEMENT

दाङ– लमहीमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  प्युठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नम्बरको टाटा सुमो पौने १ बजे लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटनामा परेको हो । 

 

दुर्घटनामा परेर घाइने हुनेमा प्युठानकी १७ वर्षीया मीना घर्ती, १० वर्षीय विजय घर्ती, १५ वर्षीया रविना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया लक्ष्मी खड्का रहेका छन् ।


यस्तै, ३ वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही वडा नम्बर ६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 


घाइतेमध्ये दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अन्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । 
गाडी चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।