close

तारकेश्वर ४ नम्बर वडाध्यक्ष अधिकारीको निधन

तारकेश्वर ४ नम्बर वडाध्यक्ष अधिकारीको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं– नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।  कोरोना संक्रमित भएर काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।


गत असार दोस्रो साता संक्रमणपछि अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचाररत थिए ।   


नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वडा नम्बर ४ रहेको साविक बुधसिंह गाविसबाट दुई पटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।