close

राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

Trulli
ADVERTISEMENT

काठमाडौं– १ कात्तिकदेखिको निरन्तरको बेमौसमी वर्षापछि आएको बाढीपहिरोले राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको सडक विभागले जनाएको छ ।

 

विभागका महानिर्देशक अर्जुनजंग थापाले संसद्को विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत गरेको प्रारम्भिक क्षति विवरणअनुसार बेमौसमी वर्षापछि आएको बाढीपहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

 

बैठकमा महानिर्देशक थापाले १ कात्तिकयता बाढीपहिरोको कारण १० वटा राजमार्ग/सडक १८ स्थानमा अवरुद्ध भएको बताए । हाल दुवैतर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालू रहेको स्थान ९ छन् ।


बाढीपहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा यातायात सञ्चालनमा आउन नसकेको उनले जानकारी दिए ।