close

पालिकामा दिनभरः वडाध्यक्षको गयो ज्यान, क्षतिको विवरण संकलनमा पालिकाको ध्यान (भिडियो खबर)

पालिकामा दिनभरः वडाध्यक्षको गयो ज्यान, क्षतिको विवरण संकलनमा पालिकाको ध्यान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राममणि अधिकारीको निधन, पोष्ट कोरोना संक्रमणको असरका कारण मृत्यु भएको काठमाडौंस्थित मनमोहन अस्पतालले दियो जानकारी । 

 

२) फोहोर र प्रदुषण बढाएको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बंगुरापालन गर्न निषेध, ५ मंसिरभित्र सबै बंगुर फार्म हटाउन निर्देशन । 

 

३) सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन, लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा निधन, पालिकाले दियो शोक बिदा । 

 

४) दाङको घेराही उपमहानगरपालिकाद्वारा छलफल तथा अनुशिक्षण गोष्ठी सञ्चालन, आर्थिक वर्ष २०७४ देखि हालसम्मको प्रगति प्रतिवेदनको ब्रोसरसहित पुस्तक प्रकाशनमा ल्याउने । 

 

५) काठमाडौंँको गोकर्णेश्वर नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, शिविरमा नाक, कान, घाँटी र स्त्रीरोगको उपचार गरिने । 

 

६) काभ्रेको पनौती नगरपालिकाले संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउनेलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्ने, निजी आवास पुरातत्व विभागको मादपण्ड अनुसार हुनुपर्ने । 

 

७) कैलालीको जानकी गाउँपालिकाकाद्वारा बाढी पीडितलाई राहत वितरण, राहत स्वरुप खाद्यान्न, भाडाकुँडा, त्रिपाल, बिछ्याउने म्याट, सरसफाइका सामान वितरण । 

 

८) बाराको कलैया उपमहानगरपालिकाद्वारा आयोजना पेस गर्न सबै वडा समितिलाई ताकेता, आयोजना छनोट गरी रोजगार सेवा केन्द्रमा उपलब्ध गराइदिन अनुरोध । 

 

९) कास्कीको पोखरा महानगरपलिकाको ५२ औं कार्यपालिका बैठक सम्पन्न, बैठकले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।  


१०) सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले स्याउ, ओखर पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि कृषि समुहले पालिकामा निवेदन दिनुपर्ने । 


११) धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा दुई क्रिकेट क्लबलाई खेल सामग्री प्रदान, हाईवे स्पोर्टस क्लव र चरौदी सुधार समाजले पाए खेल सामग्री । 


१२) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाद्वारा नगरस्तरीय एकल महिला सञ्जाल पुर्नगठन, अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न । 


१३) महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना, उच्च अदालत जनकपुरको आदेशलाई सर्वोच्चले गरेको थियो सदर ।

 
१४) रूपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा वडा नम्बर २ को शंकरनगरमा आँखा उपचार केन्द्र स्थापना, जिल्लाकै नमुना आँखा उपचार केन्द्र बनाउन नगरपालिकाले थप सहयोग गर्ने । 


१५) बेमौसमी वर्षाले धानबालीमा गरेको क्षतिको विवरण संकलन गर्न प्रभावित पालिका व्यस्त, लगत संकलनपछि पुर्नस्थापना र राहत सहयोग गरिने । 


१६) नेपालका लागि इजरायली राजदुत हनान गोडरले काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलसँग गरे भेट, कृषि क्षेत्रमा आधुनिकीकरण र नयाँ प्रविधि भित्र्याउने विषयमा छलफल । 


१७) स्याङ्जाको वालिङ नगरपालिकाद्वारा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन, अहेब/अनमीको कक्षा एक महिनासम्म चल्ने । 


१८) ललितपुरको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न थाल्यो, ७० वर्ष नाघेका व्यक्तिले निःशुल्क पाउने । 


१९) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ७ मा सञ्चालन भइरहेका योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नुपर्ने योजनाका विषयमा पनि छलफल । 


२०) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन गरेर ३५ दिनदेखि रिले अनशनसहितको आन्दोलन जारी ।