close

बस दुर्घटना हुँदा एकको मृत्यु 

बस दुर्घटना हुँदा एकको मृत्यु 

Trulli
ADVERTISEMENT

दाङ– दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा६प ७६३३ नम्बरको बस घोराही तुलसीपुर सडक खण्डको तुलसीपुर उपमहानगर वडा नम्बर ६ मोतिपुर नजिकै आइतबार साँझ दुर्घटना परेको हो । 


दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोराही वडा नम्बर १० कटुकीका २८ वर्षीय प्रेम परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।  बसमा सवार २१ जना घाइते भएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुसलसीपुरमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए ।