close

लामखुट्टे नियन्त्रण गर्दै वीरगञ्ज महानगर

लामखुट्टे नियन्त्रण गर्दै वीरगञ्ज महानगर

Trulli
ADVERTISEMENT

पर्सा– पर्साको वीरगञ्ज महानगरले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्न थालेको छ । जाडो मौसम सुरु भएसँगै वीरगन्ज महानगरमा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।


महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छर्किन थालेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने काम निरन्तर जारी राख्ने महानगरले बताएको छ ।