close

पाँचथरमा बस दुर्घटना, केहीको मृत्यु भएको आशंका 

पाँचथरमा बस दुर्घटना, केहीको मृत्यु भएको आशंका 

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको फिदिम–यासोक सडक खण्डको सखरेमा बस दुर्घटनामा परेको छ । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सिमाना सिवादोभानबाट यात्रु लिएर झापाको दमक जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सडकबाट खसेको हो । 


बसमा ६४ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । बसमा सवार सबै घाइते भएका छन् ।


केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि यसबारे प्रहरीले आधिकारिक रूपमा जानकारी भने गराएको छैन । घाइतेको फिदिमस्थित जिल्ला अस्पताल पाँचथर, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।  गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि जिल्लाबाहिर पठाउन एम्बुलेन्स र जिप अभाव भएको प्रहरीले जनाएको छ ।