close

पाँचथरमा बस दुर्घटना : दुईको मृत्यु, ६४ घाइते

पाँचथरमा बस दुर्घटना : दुईको मृत्यु, ६४ घाइते

Trulli
ADVERTISEMENT

पाँचथर – फिदिम–यासोक सडक खण्डको सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा परेकामध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको विस्तृत विवरण भने आउन बाँकी छ । गम्भीर अवस्थाका घाइतेमध्ये ४ जनालाई जिल्लाबाहिर रेफर गरिएको छ । 


१० घाइतेलाई जिल्ला बाहिरको सुविधासम्पन्न अस्पताल लैजानुपर्ने अवस्था रहे पनि एम्बुलेन्स अभाव भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । अन्य घाइतेको सदरमुकामस्थित जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । 


कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सिमाना सिवादोभानबाट यात्रु लिएर झापाको दमक हिँडेको को१ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६४ जना घाइते भएको प्रहरीले जनाएको छ ।