close

जताततै धानीबालीमा पुगेको क्षतिको राहत माग, वीरगञ्जमा गरिँदै लामखुट्टे नास (भिडियो खबर)

जताततै धानीबालीमा पुगेको क्षतिको राहत माग, वीरगञ्जमा गरिँदै लामखुट्टे नास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बाँकेको डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार गर्न थाल्यो, सेवा कार्ड वितरण गर्दै कार्यक्रमको शुभारम्भ । 

 

२) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले अनलाइन मार्फत सेवा दिन थाल्यो, अब नागरिकले घरमै बसेर कर तिर्न सक्ने । 


३) बर्दियाको बाँसगढी नगरपालिकाले एक जना मेडिकल अधिकृत र तीन जना कार्यालय सहयोगी करारमा नियुक्त गर्ने, इच्छकुले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


४)  काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, बिउ लिन कृषकले २१ कार्तिक भित्र पालिकामा निवेदन दिनुपर्ने । 


५) काठमाडौं महानगरपालिकाले वडा नम्बर २१ यंगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्यायो, वडा भवन नबनुन्जेल यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालन हुने । 


६) जाजरकोटको बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिन्यो, स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएको समीक्षामा बारेकोट एक नम्बरमा पर्न सफल । 


७) रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले सामुदायिक विद्यालय र बालविकास केन्द्रलाई जिन्सी दाखिला तथा हाजिरी प्रतिलिपी पठाउन जारी गर्‍यो सूचना, १२ कार्तिक भित्र शिक्षा शाखामा पठाइसक्नुपर्ने । 


८) तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त, आँबुखैरेनी र देवघाट गाउँपालिकामा कोरोनाको संक्रमित शून्य । 


९) सिन्धुलीको मरिण गाउँपालिकाले द्वन्द पीडित परिवारका बालबालिकालाई छात्रवृति दिने, कक्षा १२ सम्म अध्ययनरत बालबालिकाका अभिभावकले ३० दिन भित्र पालिकामा निवेदन दिनुपर्ने ।

 
१०) सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्वर १४ को कार्यालय भवनको गरियो शिलान्यास, वडाअध्यक्ष रमेश चौधरीले २१ धुर जग्गा भवन निर्माणका लागि  प्रदान गरे । 


११) बेमौसमी वर्षाले धानबालीमा गरेको क्षतिको विवरण संकलन गर्न प्रभावित पालिका व्यस्त, लगत संकलनपछि पुर्नस्थापना र राहत सहयोग गरिने । 


१२) पर्साको वीरगञ्ज महानगरले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्न थाल्यो, विभिन्न वडामा लार्भा मार्ने ब्लिचिङ पाउडर छर्किन सुरु । 


१३) जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को नेत्रज्योति माविको भवन बाढीले बगाएर बगरमा परिणत, पठनपाठन ठप्प । 


१४) चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ मा आधाभूत स्वास्थ्य कार्यालयको भवन निर्माण गरिने, भवनको गरियो शिलान्यास । 


१५) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा गत वर्ष स्वास्थ्य संस्थावाट भएको पोषण कार्यक्रमको समिक्षा सुरु, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता । 


१६) भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ की ५० वर्षीया पार्वती खड्काको परिवारलाई राहत रकम प्रदान, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गरे दुई लाख रुयैयाँ हस्तान्तरण । 


१७) नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले कृषि शाखामा सम्पर्क गर्नुपर्ने । 


१८) ललितपुरको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न थाल्यो, ७० वर्ष नाघेका व्यक्तिले औषधि निःशुल्क पाउने । 

 

१९) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ८ मा सञ्चालन भइरहेका योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नुपर्ने योजनाका विषयमा पनि छलफल । 


२०) कांग्रेस नगरसमितिद्वारा रूपन्देहीको सैनामैना नगरपालिकासँग बेमौसमी वर्षाले किसानको धानमा पुर्‍याएको क्षतिको राहत उपलब्ध गराउन माग, समितिले नगरप्रमुख चित्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझायो ।