close

पालिकामा दिनभरः कतै जनप्रतिनिधि अपराधमा मस्त, कतै धानबालीको क्षति संकलन गर्न व्यस्त (भिडियो खबर)

पालिकामा दिनभरः कतै जनप्रतिनिधि अपराधमा मस्त, कतै धानबालीको क्षति संकलन गर्न व्यस्त (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) खैरो हिरोइनसहित पक्राउ परेका पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अमेरिका सहनीलाई अदालतद्वारा पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान, वडा सदस्य बलिष्टर सहनी एक लाख धरौटीमा छुटे । 

 

२) तनहुँको ऋषिङ गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने, वर्षाले घर भत्किएका पालिकावासीलाई पनि राहत प्रदान गर्ने निर्णय । 


३) ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा नम्बर ६ मा एक घर, एक धारा अभियान सञ्चालन गर्ने, योजना सञ्चालनका लागि पालिकाले ठेक्का आह्वानको प्रक्रिया अघि बढायो । 


४) सिन्धुलीको गोलन्जोर गाउँपालिकाले तिहारको अवसरमा पालिका स्तरीय फुटवल प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगिता १४ कार्तिक देखि सुरु हुने । 


५) सिरहाको सिरहा नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ, यादवको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद । 


६) बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी अभावका कारण कामकाज ठप्प, सेवाग्राही मर्कामा, आर्थिक कारोबार रोकिएकाले वर्षाका कारण विपद् सामना गरिरहेका घरपरिवार राहत नपाउँदा झनै समस्यामा । 


७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने, व्यावसायिक फार्मले ३० दिन भित्र पशु शाखामा प्रस्ताव पेश गर्नुपर्ने । 


८) बेमौसमी वर्षाले धानबालीमा गरेको क्षतिको विवरण संकलन गर्न प्रभावित पालिका व्यस्त, लगत संकलनपछि पुर्नस्थापना र राहत सहयोग गरिने । 


९) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ९ मा सञ्चालन भइरहेका योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नुपर्ने योजनाका विषयमा पनि छलफल । 


१०) नवलपरासीको बर्दघाट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले सात दिन भित्र कृषि शाखामा निवेदन दिनुपर्ने । 


११) रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माण सुरु, नगरप्रमुख धर्मेन्द्र पटेलले गरे भवनको शिलान्यास । 


१२) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा गत वर्ष स्वास्थ्य संस्थाबाट भएको पोषण कार्यक्रमको समीक्षा सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता । 


१३) केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्‍याएपछि पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा सवारीसाधन आउजाउ बन्द, स्थानीय समस्यामा । 


१४) बैतडीको शिवनाथ गाउँपालिकाद्वारा पहिरोमा परि मृत्यु भएका परिवारलाई राहतस्वरूप १ लाख ५० हजार रुपैयाँ प्रदान, भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीले पाए राहत रकम हातैमा । 


१५) सप्तरीको राजगढ गाउँपालिकाले वडा नम्बर १ मा मत्स्य पालनका लागि पोखरी निर्माण गर्ने, तीन वर्षका लगि ठेक्का बन्दोबस्त गर्न शिलबन्दी बोलपत्र आह्वान, १६ कात्तिकसम्म बुझाउनुपर्ने ।

 

१६) स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण, तीन समूहलाई दमाहा, सहनाई र नरसिंहा दुई-दुई थान तथा ढोलक, टयाम्को, कर्नल र झुर्मा एक-एक थान वितरण । 

 

१७) गोरखाको गोरखा नगरपालिकाले परम्परागत पेसा व्यवसायमा लागेका युवालाई प्रोत्साहन गर्ने, अपाङ्गता भएका युवाको लागि उद्यमशीलता विकास कार्यक्रम पनि सुरु । 

 

१८) काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले माग्यो कारारमा दुई जना अनमी, ७ दिनभित्र दरखास्त दिन सूचना जारी । 

 

१९) काभ्रेको पनौती नगरपालिकाले कृषि तथा पशुपालनका लागि अघि सारेको कार्यक्रममा दरखास्त दिनको लागि समायवधि थप्यो, लैना गाई र बोयर बोका लिन १२ कात्तिकसम्म दरखास्त दिन सकिने । 

 

२०) हृदयघातका कारण प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा कार्यरत कार्यालय सहयोगी प्रमेश्वर साहको निधन भएपछि सिरहाको औरही गाउँपालिकाले दियो शोक बिदा ।