close

पालिकामा दिनभरः नियमावली मिच्दै काठमाडौं महानगर, पालिकामा जागिरको अवसरै अवसर (भिडियो खबर)

पालिकामा दिनभरः नियमावली मिच्दै काठमाडौं महानगर, पालिकामा जागिरको अवसरै अवसर (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) चितवनको राप्ती नगरपालिका १२ नम्बर वडा कार्यालयले गर्‍यो अनलाईनबाटै घटना दर्ता सुरु, सेवाग्राहीलाई सहज । 

 

२) पर्वतको जलजला गाउँपालिकाका नागरिकले सम्पत्ति तथा भूमि कर घरमै बसेर तिर्न सक्ने, आइएमई पे मार्फत कर तिर्ने व्यवस्था । 


३) पाँचथरको फालेलुङ गाउँपालिकाले एक जना कार्यालय सहयोगी दैनिक ज्यालादारीमा नियुक्त गर्ने, २५ कार्तिकसम्म दरखास्त बुझाउन सूचना जारी । 


४) काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ को कार्यालय भवन निर्माण, नवनिर्मित भवनको गरियो उद्घाटन ।

 
५) गोरखाको अजिरकोट गाउँपालिकाले १५ मंसिर भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयलाई दियो निर्देशन, समिति गठन भएको जानकारी तत्कालै पालिकामा पठाउनुपर्ने ।


६) धनुषाको सबैला नगरपालिकामा आर्थिक अनियमितता भएको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन, ३८ दिनदेखि रिले अनशनसहितको आन्दोलन जारी ।

 
७) संखुवासभाको सभापोखरी गाउँपालिकाले एक जना बाल विकास सहजकर्ता करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


८) नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा नेपाल भारतको सीमा छुट्याउन सुस्ता बचाउ अभियानकर्मीको माग, सीमामा जङ्गे पिलर राख्नुपर्ने भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र । 


९) बाराको गढीमाई मन्दिर परिसरमा टिकटक बनाउन निषेध, महागढीमाई नगरपालिकाद्वारा  टिकटकेलाई नियन्त्रणमा लिन नगर प्रहरी परिचालन । 

 

१०) गुल्मीको इस्मा गाउँपालिकाले माग्यो कारारमा एक जना इन्जिनियर, १५ दिनभित्र दरखास्त दिन सूचना जारी । 

 

११) ललितपुरको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न थाल्यो, ७० वर्ष नाघेका व्यक्तिले निःशुल्क पाउने । 

 

१२) स्याङ्जाको वालिङ नगरपालिकाद्वारा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन, अहेब÷अनमीको कक्षा एक महिनासम्म चल्ने ।

 

१३) बाँकेको डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार गर्न थाल्यो, ज्येष्ठ नागरिक दंग । 

 

१४) नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले कृषि शाखामा सम्पर्क गर्नुपर्ने । 


१५) कपिलवस्तुको विजयनगर गाउँपालिकाले माग्यो कारारमा एक जना अनमी, १५ दिनभित्र दरखास्त दिन सूचना जारी । 

 

१६) जबर्जस्ती करणी र शरीर बन्धकको दुईवटा मुद्दाबाट रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले पाए सफाइ, खड्काको संलग्नता नदेखिएको जिल्ला अदालतको फैसला । 

 

१७) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाद्वारा विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयलाई प्रस्ताव पेस गर्न सूचना जारी, प्रस्तावको मूल्यांकन  गरेर विद्यालय छनोट गरिने । 

 

१८) कृषकको माग अनुसार मोरङको लेटाङ नगरपालीकाद्वारा ४ हजार केजी आलुको बिउ बितरण, ५० प्रतिशत अनुदानमा बिउ पाउँदा कृषक उत्साहित । 

 

१९) काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको खुलासा, महानगरले ५० वर्षभन्दा माथि उमेर भएका शिक्षक विद्यालयमा पठायो । 

 

२०) सर्लाहीको लालबन्दी नगरपालिकामा महिला संरक्षण गृहको भवन निर्माण, प्रदेश सभा सदस्य बेची लुङ्गेलीको संसदीय कोषबाट भवन निर्माण ।