close

पालिकामा दिनभरः गुठीचौरका एकल पुरुषलाई भत्ता, थलाराको पहिरोमा परेका अझै बेपत्ता (भिडियो खबर)

पालिकामा दिनभरः गुठीचौरका एकल पुरुषलाई भत्ता, थलाराको पहिरोमा परेका अझै बेपत्ता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बझाङको  बित्थडचिर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन, दमको समस्याबाट ग्रसित बोहराको  डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन । 

 

२) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान, २९ जना विद्यार्थीले पाए पहिलो चरणमा छात्रवृत्ति । 


३) विजय विकास स्रोत केन्द्र नवलपुरले निर्माण गरेको बाल उपचार कक्ष गैंडाकोट नगर अस्पताललाई हस्तान्तरण, कोभिड-१९ बाट बालबालिकालाई सुरक्षित राख्न उपचार कक्षले सहयोग पुग्ने । 


४) स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले पशु शाखामा सम्पर्क गर्नुपर्ने । 


५) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा पर्ने विकट गाउँ कर्णेखोला, र घट्टेदमार क्षेत्रमा पुगे नगरप्रमुख हरिबहादुर महत, वडामा भएका समस्या समाधान गर्न पालिकाले तत्कालै काम सुरु गर्ने । 


६) तनहुँको घिरिङ गाउँपालिकाले सामुदायिक विद्यालयमा लेखा परीक्षण गर्न लेखा परीक्षकसँग निवेदन माग्यो, इच्छुकले १५ दिन भित्र पालिकामा निदेदन बुझाउनु पर्ने । 


७) ललितपुरको गोदावरी नगरपालिकाको आयोजनामा नक्सापास सम्बन्धी दुई दिने तालिम सुरु, तालिममा  इन्जिनियरहरूको सहभागिता । 


८) राष्ट्रिय जनगणनाका लागि झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागि छनोट भएका गणकहरुका लागि चार दिने तालिम जारी, गणकले कात्तिक २५ देखी मंसीर ९ गतेसम्म घरघरमा गएर तथ्यांक संकलन गर्ने । 


९) धनुषाको मिथिला नगरपालिका वडा नम्बर १ स्थित सडकमा भइरहेको ग्राभेलको काममा स्थानीयले अवरोध गरे, गुणस्तरहिन ग्राभेल प्रयोग गरेको स्थानीयको आरोप । 


१०) डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं महानगरपालिकाले ४ करोड रुपैयाँ सहयोग गर्ने, चाइल्ड हेल्थ र महानगबीच सम्झौता । 


 
११) भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा विभिन्न पसल तथा होटलमा अनुगमन, दुवाकोट क्षेत्रमा अनुगमन गर्दा किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरले फोहोर मासु बिक्री गरेको पाइयो । 

 

१२) जुम्लाको गुठीचौर गाउँपालिकाले दिन थाल्यो एकल पुरुषलाई भत्ता, ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषले मासिक दुई हजार रुपैयाँ भत्ता पाउने । 

 

१३) जाजरकोटको भेरी नगरपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकलाई उन्नत जातको गहुँको बिउ बितरण गर्न थाल्यो, बिउ लिन कृषि शाखामा सम्पर्क गर्नुपर्ने । 

 

१४) बेमौसमी वर्षाका कारण बझाङको थलारा गाँउपालिकामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता, १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द । 


१५) डडेलधुराको परशुराम नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगायो, अटेर गर्नेलाई पालिकाले कारबाही गर्ने । 


१६) धनकुटा नगरपालिकाले आगामी मंसिर महिनामा एभोकाडो महोत्सव सञ्चालन गर्ने, पालिकाले १७ कार्तिकमा महोत्सव सञ्चालनका विषयमा सरोकारवालासँग छलफल गर्ने । 

 

१७) ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णय विरुद्ध कस्कीको पोखरा महानगरपालिका वडा नम्बर २० का स्थानीय आन्दोलित, खानेपानीको मुहान भएकाले त्यहाँ फोहोर फाल्न नहुने स्थानीयको माग । 

 

१८) भक्तपुर नगरपालिकाको विश्व सम्पदा स्थल क्षेत्रभित्र रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालय परिसरमा प्राचीन भग्नावशेष फेला परे, पानी ट्याङ्की बनाउन विद्यालय प्रशासनले खनेको थियो खाडल । 

 

१९) गुल्मीको इस्मा गाउँपालिकाले माग्यो कारारमा एक जना इन्जिनियर, १५ दिनभित्र दरखास्त दिन सूचना जारी । 

 

२०) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको आयोजनामा पञ्च दिवसीय वैदिक कर्मकाण्ड प्रशिक्षण सम्पन्न ।