close

बालिका बलात्कार घटनामा संलग्न ७ पक्राउ

बालिका बलात्कार घटनामा संलग्न ७ पक्राउ

Trulli
ADVERTISEMENT

नवलपुर– पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाकी एक बालिकालाई विभिन्न समय बलात्कार गर्ने ६ जना र त्यसमा सहयोग गर्ने एक महिलालाई नवलपुर प्रहरीको पक्राउ गरेको छ ।


१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमारसहित मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो, १७ वर्षीय एक युवक, घटनामा सहयोग गरेको आरोपमा २३ वर्षीया लक्ष्मी कुमाल र थप दुई बालकलाई पक्राउ गरेको हो ।


१४ वर्षीया बालिकालाई विभिन्न समय भएको बलात्कारको घटनामा अहिले नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी प्रकाश मल्लले बताए । आरोपित सबैलाई प्रहरी हिरासतमा राखेर उनीहरूसँग सोधपुछ गरिरहेको उनले जानकारी दिए । पीडित बालिकालाई आवश्यक मनोवैज्ञानिक परामर्शसहित घटनाको विषयमा जानकारी संकलन गरिरहेको उनको भनाइ छ । पीडित बालिकामाथि एक महिना अगाडिदेखि विभिन्न व्यक्तिबाट बलात्कार भएको अनुसन्धानको क्रममा खुलेको मल्लले बताए । 


प्रहरीले १२ कात्तिक बिहान घटनाको बिषयमा जानकारी प्राप्त गरेको थियो । लगत्तै प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ परेको थियो भने १३ कात्तिकमा थप दुई जना बालकलाई पक्राउ गरेको थियो ।


भारतीय नागरिक अभिमन्यु कुमारसँग पीडित बालिका देखेपछि मध्यबिन्दु वडा नम्बर ६ का स्थानीयले बालिकालाई बेचबिखनमा लैजान लागेको हुन सक्ने आशंकामा चोरमारा प्रहरी चौकीमा खबर गरेका थिए । स्थानीयबाट प्राप्त खबरको आधारमा प्रहरीले बालिकाको उद्दारसँगै आरोपित कुमारलाई पक्राउ गरेको हो । उद्दारपछि सोधपुछका क्रममा बालिकामाथि विभिन्न समय विभिन्न व्यक्तिबाट बलात्कार भएको घटना उजागर भएको थियो ।


पीडित बालिकाले मैखिक रूपमा गराएको जानकारीअनुसार प्रहरीले घटनामा सहयोगीको रूपमा भूमिका निर्वाह गरेको आरोप लागेकी लक्ष्मी कुमालसहित आरोपित अन्य व्यक्तिलाई पक्राउ गरेको हो । १४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको विषयमा अहिले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको एसपी मल्लले जानकारी दिए ।