close

राष्ट्रपति भण्डारीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति अनावरण 

राष्ट्रपति भण्डारीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति अनावरण 

Trulli
ADVERTISEMENT


रूपन्देही–राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँ बढी लागतको बुद्ध मूर्ति अनावरण गरेकी छन् ।
बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको आइतबार राष्ट्रपति भण्डारीले अनावरण गरिन् ।


मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका प्रतिनिधि उपस्थित थिए । त्यस्तै, कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।


उक्त मूर्ति साता दिनअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकात्ता बन्दरगाहबाट रूपन्देही ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वयमा ल्याइएको मूर्ति १ हजार ८ सय किलोग्राम छ ।