close

जन्मदर्ता गर्दा घुस ! 

Trulli
ADVERTISEMENT

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी– ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

उनीहरूले सेवाग्राहीबाट  १० हजार रुपैयाँ बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो । जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ । आयोगले आरोपीलाई बिगोबमोजिमको कारवाहीको माग गरेको छ ।