close

त्रियुगाका नगरप्रमुख चौधरीलाई पुत्रशोक

त्रियुगाका नगरप्रमुख चौधरीलाई पुत्रशोक

Trulli
ADVERTISEMENT

काठमाडौं– त्रियुगा नगरपालिका प्रमुख   बलदेव चौधरीलाई पुत्रशोक परेको छ । नगरप्रमुख बलदेवका ३२ वर्षीय छोरा मनोज चौधरीको शनिबार पिकनिक गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।


चौदण्डीगढीको देवधारमा पिकनिक गएका उनी पौडी खेल्दा डुबेका थिए । डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।


नगरप्रमुख चौधरीलाई समवेदना दिन आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल त्रियुगा पुगेका छन् । नेताद्वयले चौधरीको त्रियुगा नगरपालिकास्थित निवास पुगेर उनका छोरालाई श्रद्धाञ्जली दिएका छन् ।