close

राजविराजको वडा कार्यालयमा लाग्यो ताला

वडाध्यक्ष भन्छन् : जसले लगाएको हो, उसैले खोल्नुपर्छ

राजविराजको वडा कार्यालयमा लाग्यो ताला

वडाध्यक्ष भन्छन् : जसले लगाएको हो, उसैले खोल्नुपर्छ

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको राजविराज नगरपालिका पर्साहीस्थित १४ नम्बर वडा कार्यालयमा तालाबन्दीका कारण सम्पूर्ण कामकाज पूर्ण प्रभावित भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी उपस्थित नभएपछि स्थानीयले ताला लगाइदिएका हुन् ।

 

९ दिनदेखि तालाबन्दी हुँदा वडा कार्यालयबाट वितरण हुने सेवा पूर्ण रूपले ठप्प भएको सेवाग्राहीले बताए । लामो समयसम्म तालाबन्दी हुँदा समेत खोल्नेतर्फ कसैले चासो नदिएको उनीहरूको दुखेसो छ ।


वडामा तालाबन्दीका कारण कामकाजै रोकिनु दुःखद् भएको स्थानीय वासुदेव मण्डलले बताए । तालाबन्दीका कारण जन्म दर्ता, विवाह दर्ता, व्यक्तिगत घटना दर्तादेखि विभिन्न किसिमका सिफारिससमेत रोकिएका कारण सर्वसाधारणले सस्ती भोग्नुपरेको स्थानीय देवनाथ सदाको भनाइ छ ।


वडाध्यक्ष शोभालाल मण्डलले जसले तालाबन्दी गरेको हो, उसैले ताला खोल्नुपर्ने बताए । ताला खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल चलिरहेको उनले जानकारी दिए ।