close

लगानी कोषद्धारा  एक करोड ६८ लाख रूपैयाँ कोभिड मुत्यु भुक्तानी

लगानी कोषद्धारा  एक करोड ६८ लाख रूपैयाँ कोभिड मुत्यु भुक्तानी

Trulli
ADVERTISEMENT

काठमाडौं– नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई  एक करोड ६८ लाख रूपैयाँ भुक्तानी गरेको छ ।  कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई  राहत पुर्‍याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही  दुई लाख रूपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

 

 सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

 

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज  दुई लाख रूपैयाँको चेक हस्तारण गरेका थिए ।