close

समुन्नत तिलोत्तमा नगर बनाउन कर्मचारीको भूमिका प्रंशसायोग्य : नगरप्रमुख घिमिरे 

समुन्नत तिलोत्तमा नगर बनाउन कर्मचारीको भूमिका प्रंशसायोग्य : नगरप्रमुख घिमिरे 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाल निजामती कर्मचारी संगठन तिलोत्तमा नगरपालिका इकाइ समितिमा सीता घिमिरे भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा ईश्वरी पाण्डे, सचिवमा इन्जिनियर प्रदीप वन, सहसचिवमा तोयश्वर चौधरी, कोषाध्यक्षमा रामप्रसाद खनाल रहेका छन् । 


त्यसैगरी सदस्यमा अनिता ज्ञवाली शर्मा, पारेश्वर आचार्य, शिव पाण्डे, कृष्ण खाती, तारा आचार्य, शान्ता भट्टराई, विद्या पन्थी, विदुर ज्ञवाली, मीना अर्याल र विष्णु थापा निर्विरोध निर्वाचित भएको संगठनका रूपन्देहीका सहसचिव प्रेमप्रसाद खनालले जानकारी दिए । 


निर्वाचित पदाधिकारीलाई संगठनका केन्द्रीय सदस्य काशिराम आचार्यले पद तथा गोपनीयताको सपथ गराए । संगठनको रूपन्देही अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले सबल र समुन्नत तिलोत्तमा नगर बनाउन कर्मचारीले खेलेको भूमिकाको प्रंशसा गरे ।

 

संगठनका केन्द्रीय पूर्वअध्यक्ष गणेश बस्यालले नवनिर्वाचित पदाधिकारीको कार्यकालको सफलताका लागि शुभकामना दिए । आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य मेघदेव पन्तले कर्मचारीको क्षमता विकासका लागि संरचनात्मक हिसावले इकाइ समिति भए पनि तिलोत्तमाको स्थानीय सरकारसँग सामूहिक सौदाबाजी गर्ने केन्द्रीय टिम नै भएको बताए ।


नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले कर्मचारीको हकहितका लागि संगठनले काम गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य यज्ञ गैरेले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा लाग्न संगठनलाई सुझाव दिए । सदस्यको वृत्ति विकास तथा संगठनको हितका लागि काम गर्ने संगठनका केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारीले बताए ।