close

संयुक्त राष्ट्रसंघबाट नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन

संयुक्त राष्ट्रसंघबाट नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन

Trulli
ADVERTISEMENT

काठमाडौं–संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम स्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने नेपालको प्रस्तावलाई अनुमोदन गरेको छ ।

 

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले उक्त प्रस्ताव अनुमोदनका लागि महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईका अनुसार नेपालको स्तरोन्नतिको प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधबार अनुमोदन गरेको हो ।

 

नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको राईले बताए । उनले भने, ‘नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’ 

 

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो, तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले चुनौती सामना गर्नुपरेपछि यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

 

राष्ट्रसंघले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । ५० वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु महत्त्वपूर्ण अवसर हो ।