close

राज्यलाई कर्णाली विकासमा झकझक्याउन काठमाडौंमा बजाइँदै पञ्चैबाजा

राज्यलाई कर्णाली विकासमा झकझक्याउन काठमाडौंमा बजाइँदै पञ्चैबाजा

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासप्रति राज्यको ध्यान पुर्‍याउन संघीय राजधानी काठमाडौंमा पञ्चेबाला बजाउने भएका छन् । 


जुम्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगे पनि सदरमुकाम खलंगा बजार आसपासका गाउँमा मात्र पुगेको छ । अझै यहाँका धेरै गाउँबस्तीमा विद्युत्को प्रसारण लाइन पुग्ने सकेको छैन । ‘देशमा राजनीतिक दलका नेता परिवर्तन भए तर कर्णाली राजमार्गको स्तरोन्नति कहिले भएनन् । यी सबै समस्य बोकेर सरकारसामु दबाबमूलक कार्यक्रम घोषणा गरेका हौँ’, महतले भने । 


साविकको कर्णालीबाट हरेक सवालमा राज्य बेखबर भएकाले संघको राजधानीमै खबरदारी गर्नुपरेको उनको भनाइ छ । सांसद महत यो पटक फरक शैलीको आन्दोलनको स्वरूप लिएर काठमाडौँँ पुगेका छन् । स्थानीय पञ्चैबाजा र झाँकी लिएर नेपाल विद्युत् प्राधिकरण एवं सडक विभागको कार्यालयमा प्रदर्शन र मागपत्र पेस गरिने उनले जानकारी दिए ।


आउँदो २१ र २२ मंसिरमा स्थानीय बाजागाजासहित झाँकी नाच्दै र्‍याली निकालिने भएकाले काठमाडौंमा रहेका सबै जुम्लाबासीलाई रत्नपार्कमा उपस्थित हुन उनले अपिल गरेका छन् । ‘अब शान्तिपूर्ण झाँकी र्‍यालीसहित कर्णालीले आफ्ना माग राख्नेछ । २१ मंसिरमा नेपाल विद्युत् प्राधिकरणको भवन अगाडि झाँकी प्रदर्शन गर्दै मागपत्र पेस गर्ने कार्यतालिका छ’, उनले भने ।


जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिइसकेको छ । तर, गाउँ–गाउँसम्म बिजुली पुग्न सकेको छैन । घरघरमा बिजुलीको लाइन विस्तार गर्न, बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मर व्यवस्थापन गर्न माग गरिने सांसद महतले बताए ।


२२ मंसिरमा सडक विभाग पाटनढोकाअघि झाँकी प्रदर्शनसहित मागपत्र पेस हुनेछ । सुर्खेत–जुम्ला कर्णाली राजमार्ग स्तरोन्नति र नाग्म, सिँजा हुँदै गमगडी जाने सडकको स्तरोन्नति यथाशीघ्र थालनी गर्न माग गरिने सांसद महतले जानकारी दिए ।