close

पाँचथरमा १७ मंसिरदेखि मतदाता नामावली संकलन

पाँचथरमा १७ मंसिरदेखि मतदाता नामावली संकलन

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरमा १७ मंसिरदेखि मतदाता नामावली संकलन गरिने भएको छ । जिल्लामा दुई चरणमा गरेर मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताए ।


भट्टराईका अनुसार फिदिम नगरपालिकाबाहेक जिल्लाका सात पालिकाको केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ । १७ मंसिरदेखि २६ पुससम्म हिलिहाङ, फालेलुङ, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ ।


त्यस्तै, २९ मंसिरदेखि ९ पुससम्म तुम्बेवा, कुम्मायक र याङ्बरक गाउँपालिका सेवा केन्द्रमा नामावली संकलन गरिनेछ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्ने कार्य भइरहेकाले फिदिम नगरपालिकामा भने यो अभियान सञ्चालन नगरिने बताइएको छ ।


जिल्ला निर्वाचन कार्यालयले अभियानबारे आइतबार सरोकारवालासँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिले पालिकाको एक स्थानबाट मात्र नामावली संकलन गर्दा असहज हुने भन्दै कम्तीमा दुई स्थानबाट नामावली संकलन गर्न सुझाव दिए । 


प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मतदाता नामावली संकलनका लागि एक पालिकाको दुई स्थानमा केन्द्र राख्न निर्वाचन आयोगलाई आग्रह गरिने बताए ।