close

बाढीपहिरो पीडितलाई फिदिम नगरपालिकाको राहत

बाढीपहिरो पीडितलाई फिदिम नगरपालिकाको राहत

Trulli
ADVERTISEMENT

पाँचथर– गत १, २ र ३ कात्तिकमा परेको बेमौसमी वर्षाका कारण ज्यान गुमाएका र घरबारविहीन बनेका परिवारलाई फिदिम नगरपालिकाले राहत वितरण गरेको छ । 

 

बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण ज्यान गुमाउने परिवारलाई ५० हजार, पूर्ण रूपमा घरबार गुमाउनेलाई १० हजार र आंशिक क्षति पुगेकालाई ५ हजार रुपैयाँ नगरपालिकाले राहत वितरण गरेको हो । 

 

बाढीपहिरोका कारण फिदिम नगरपालिका वडा नम्बर १३ का २ जना, वडा नम्बर ६ मा २ जनाको मृत्यु भएको थियो । त्यस्तै, १२३ घरमा पूर्ण क्षति र ९३ घरमा आंशिक क्षति भएको थियो । प्रभावित परिवारलाई राहत वितरण गरिएको फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले बताए ।