close

दाङमा १७ मंसिरदेखि मतदाता नामावली संकलन 

दाङमा १७ मंसिरदेखि मतदाता नामावली संकलन 

Trulli
ADVERTISEMENT

दाङ– प्रदेश निर्वाचन कार्यालय दाङले जिल्लाका सात स्थानीय तहमा मतदाता नामावली विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  कार्यालयले आइतबार घोराहीमा कार्यक्रम आयोजना गरी आउँदो १७ मंसिरदेखि १८ पुससम्म सात वटा गाउँपालिकामा पुुगेर मतदाता नामावली संकलन गर्ने जानकारी दिएको हो । 


प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय दाङ, लमहीमा इलाका प्रशासन र तुलसीपुरमा इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

 

अन्य सात गाउँपालिकामा एक महिने विशेष कार्यक्रम सञ्चालन गर्न लागेको प्रमुख भट्टराईले बताए । बबई, शान्तिनगर, दंगिशरण र बंगलाचुुलीमा १७ मंसिरदेखि २ पुससम्म र राजपुुर, गढवा र राप्तीमा ४ देखि १८ पुससम्म पालिका केन्द्रबाट मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
अब हुने स्थानीय, प्रदेश र संघको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन थालिएको हो । 


दाङमा अहिलेसम्म ३ लाख ७७ हजार ५ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् । यीमध्ये १ लाख ९ हजार ८ सय ७५ महिला, १ लाख ८६ हजार १ सय २८ जना पुुरुष मतदाता छन् । २ जना तेस्रोलिंगी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

 

दाङका १० वटै स्थानीय पालिकाका कार्यालयबाट फोटोसहितको नामावली संकलन गरिनेछ । जिल्लामा करिब २७ हजार बढी जनसंख्या थप हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।