close

पालिकामा दिनभरः त्रियुगाका सबै वडामा ग्राभेल सडक, गुर्भाकोटका उद्यमीलाई गरौँ खबर (भिडियो खबर)

पालिकामा दिनभरः त्रियुगाका सबै वडामा ग्राभेल सडक, गुर्भाकोटका उद्यमीलाई गरौँ खबर (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सर्लाहीको हरिपुर नगरपालिकाको आयोजनामा शिक्षकका लागि एकीकृत पाठ्यक्रम प्रबोधीकरण तथा क्षमता विकास सम्बन्धी तालिम सुरु, तालिम १७ कार्तिकसम्म सञ्चालन हुने । 


२) काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा स्वेच्छिक अवकाशमा जान चाहने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई १५ मंसिरभित्र निवेदन दिन सूचना जारी, शिक्षकलाई प्रोत्साहन रकम दिइने । 


३) गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा सामुदायिक विपद् प्रतिकार्य तालिम जारी, १७ कार्तिकसम्म चल्ने तालिममा जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता । 

 

४) बाढीमा परी मृत्यु भएकाको परिवारलाई मोरङको विराटनगर महानगरपालिकाले राहत रकम दियो, तीन जनाको परिवारलाई काजकिरिया खर्च बापत जनही ५० हजार रुपैयाँ प्रदान । 

 

५) भक्तपुरको कमलविनायक हुँदै नगरकोटसम्म पुग्ने सडक विस्तारमा चरम ढिलासुस्ती, सडक निर्माणको माग गर्दै चाँगुनारायण नगरपालिकाले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठायो । 

 

६) तनहुँको व्यास नगरपालिका १ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, नवनिर्मित भवनको नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरे उद्घाटन । 

 

७) मागमा आधारित अनुदान सहयोग कार्यक्रमका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकाले उद्यमी तथा उद्योग छनोट गर्‍यो, १५ दिनभित्र पालिकामा सम्झौता गर्नुपर्ने । 

 

८) ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन थाल्यो, ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने । 

 

९) उदयपुरको त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि बनाएको सडक ग्राभेल योजना सुरु, १६ वटै वडामा सडक ग्राभेल गरिने । 


 
१०) कृषि तथा पशुपन्छी कार्यक्रमका लागि चितवनको राप्ती नगरपालिकाद्वारा प्रस्ताव आह्वानको सूचना जारी, इच्छुक कृषक तथा फार्मले १५ दिनभित्र कृषि शाखाका निवेदन पेस गर्नुपर्ने । 

 

११) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने, उद्यमी, व्यवसायीलाई प्रस्ताव पेस गर्न सूचना जारी । 

 

१२) पोखरा महानगरपालिकाको मुख्य चौकमा ट्राफिक लाइट राखिने, महानगरपालिका, सडक विभाग र अन्य सरोकारवाला निकायबीच छलफल सम्पन्न । 


 १३) पर्वतको महाशिला गाउँपालिकाले माग्यो एक जना इन्जिनियर, १५ दिनभित्र दरखास्त दिन सूचना जारी । 

 

१४) चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी वर्षाबाट पीडित बनेका किसानलाई राहत वितरण, प्रतिबिघा १० हजारको दरले दिइँदै । 

 

१५) स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ द्वारा वडा तथा नगरस्तरीय योजना सञ्चालन गर्न उपभोक्ता समिति गठन, समितिले काम थाल्यो । 

 

१६) मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गर्‍यो, अभियान १६ कार्तिकसम्म सञ्चालन हुने । 

 

१७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने, व्यावसायिक फार्मले ३० दिनभित्र पशु शाखामा प्रस्ताव पेस गर्नुपर्ने । 


१८) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा नम्बर ६ मा एक घर, एक धारा अभियान सञ्चालन गर्ने, योजना सञ्चालनका लागि पालिकाले ठेक्का आह्वानको प्रक्रिया अघि बढायो । 


१९) बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी अभाव, कामकाज ठप्प, सेवाग्राही मर्कामा । 

 

२०) तिहारको अवसरमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा पालिका स्तरीय फुटबल प्रतियोगिता जारी ।