close

सप्तरीमा मनलाग्दी मूल्यवृद्धि, सम्बन्धित निकाय मौन

सप्तरीमा मनलाग्दी मूल्यवृद्धि, सम्बन्धित निकाय मौन

Trulli
ADVERTISEMENT

सप्तरी– तिहार नजिकिएसँगै सप्तरीका बजारमा दैनिक उपभोग्य सामग्रीमा छोइनसक्नु भाउ बढेपछि उपभोक्ता मारमा परेका छन् । सप्तरीका विभिन्न पालिकामा मेलापर्वका बेला व्यापारीले आफूखुसी भाउ बढाए पनि बजार अनुगमन समितिले नियन्त्रणका लागि प्रयास नगरेपछि उपभोक्ता मारमा परेका हुन् । 


दसैँका बेला अनुगमन समितिले अग्रसरता देखाएको थियो । तिहार नजिकिदै जाँदा पुनः अनुगमन समितिले म्याद नाघेका अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गर्न थालेको छ । 


बजार अनुगमन समितिले दर्ता नभई सञ्चालनमा रहेका पसल र उद्योगका सञ्चालकलाई जरिमाना गरिरहे पनि मूल्य नियन्त्रणका लागि ठोस पहल नगरेको उपभोक्ताको गुनासो छ । 

 

स्थानीय ताराकान्त साहले खानेतेल, खाद्यान्न, लत्ताकपडा र तरकारीलगायत वस्तुको व्यापारीले मनोमानी मूल्य तोक्दासमेत सरकारी निकायबाट नियन्त्रणको पहल हुन नसकेको बताए। 


सबैभन्दा बढी हरियो तरकारीको छोइनसक्नु भएको छ । सप्तरीमा हाल प्याज ८०, काउली २ सय, भान्टा १ सय ५०, परवल १ सय, आलु ७० रुपैयाँ प्रतिकिलो पर्छ । खानेतेल प्रतिलिटर ३ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।


तिहारलाई आवश्यक चिनी, पीठो, मैदा, काजु, किसमिस, नरिवल, छोकरा, ओखर, घर सजाउन प्रयोग गरिने रंग र विद्युतीय सामग्रीको मूल्यसमेत मनपरी कायम गरिएको सर्वसाधारणको गुनासो छ ।