close

छिन्नमस्तामा तलब माग्दै निस्कियो कर्मचारीको जुलुस

छिन्नमस्तामा तलब माग्दै निस्कियो कर्मचारीको जुलुस

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका झन्डै २ सय बढी कर्मचारीले तलब माग्दै पालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । पालिकाअन्तर्गतका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवालगायत कर्मचारीले गाउँपालिका केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गर्नुका साथै कार्यालय अगाडि प्रदर्शन गरे ।

 

आन्दोलनरत कर्मचारीमा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत कार्यालयमा कार्यरत कर्मचारीसमेत छन् । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई असारयता तलब भुक्तानी गरिएको छैन भने अन्य कर्मचारी भने पछिल्लो सात महिनादेखि तलबविहीन छन् । 


गाउँपालिका कार्यालयमा करारमा कार्यरतमध्ये ७ जना कर्मचारी झन्डै डेढ वर्षदेखि तलबकै लागि लडिरहेका छन् । जनप्रतिनिधिबीच तालमेल अभावका कारण पछिल्लो दुई वर्षयता छिन्नमस्ता पालिकाले गाउँसभासमेत गरेको छैन ।


संघले प्रमुख प्रशासकीय अधिकृतलगायत आवश्यक कर्मचारी नपठाएका कारण पनि पालिका लथालिंग अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।