close

काठमाडौं उपत्यकामा राती ९ बजेपछि देउसीभैलो निषेध

काठमाडौं उपत्यकामा राती ९ बजेपछि देउसीभैलो निषेध

Trulli
ADVERTISEMENT

काठमाडौं–संघीय राजधानी काठमाडौं उपत्यकामा राती ९ बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसीभैलो राती ९ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको हो ।


कोरोना संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले बताएको छ । प्रशासनले मंगलबार ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक प्रजिअ अधिकारीले बताए ।


३ वटै प्रशासनले विज्ञप्ति जारी गरेका छन् । ‘कोभिड–१९ संक्रमणलाई दृष्टिगत गर्दै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गरी देउसीभैलो, नाचगानलगायतका कार्य राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने,’ विज्ञप्तिमा भनिएको छ । 


प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्नसमेत सचेत गराएको छ ।