close

धनकुटामा एभोकाडो महोत्सवको पहल, छिन्नमस्ताले तलब नदिँदा कर्मचारीको बेहाल (भिडियो खबर)

धनकुटामा एभोकाडो महोत्सवको पहल, छिन्नमस्ताले तलब नदिँदा कर्मचारीको बेहाल (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) तलब नपाएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकाका शिक्षक र कर्मचारी आन्दोलित, सात महिनादेखि दुई सय शिक्षक र कर्मचारीले तलब पाएनन् ।

 

२) सर्लाहीको हरिपुर नगरपालिकाको आयोजनामा शिक्षकका लागि एकीकृत पाठ्यक्रम प्रबोधीकरण तथा क्षमता विकास सम्बन्धी तालिम सम्पन्न, तीन दिनसम्म सञ्चालन भएको थियो तालिम ।

 

३) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ नम्बर वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले नयाँ भवनबाट सेवा दिन थाले, नगरप्रमुख कृष्णहरि थापाले गरे भवनको उद्घाटन ।

 

४) बाढीबाट प्रभावित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई राहत प्रदान, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गैरखाद्य, स्वास्थ्य र सरसफाई सामग्रीसँगै नगद पनि वितरण गर्‍यो ।

 

५) ललितपुर महानगरको तिहारलक्षित विशेष सुरक्षा योजना, केही समस्या परे तत्काल हटलाइन नम्बरमा नगर प्रहरीलाई फोन गर्न अनुरोध ।

 

६) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले व्यावसायिक कृषकलाई च्याउको बिउ बितरण गर्ने, बिउ लिन इच्छुक कृषकले सात दिन भित्र कृषि विकास शाखामा सम्पर्क गर्नुपर्ने ।

 

७) गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न, तालिममा जनप्रतिनिधि तथा कर्मचारीले जनाएका थिए सहभागिता ।

 

८) सिन्धुलीको कमलामाई नगरपालिकाले पशु सुत्केरी खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत कृषकलाई रकम सहयोग गर्‍यो, दुई हजार रुपैयाँका दरले रकम प्रदान

 

९) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ मा रहेको वडा स्वास्थ्य केन्द्रको भवन तयार, नवनिर्मित भवनको गरियो उद्घाटन ।

 

१०) सुर्खेतको लेकबेंसी नगरपालिकाले कृषकलाई अनुदानमा उन्नत जातको गहुँको बिउ बितरण गर्ने, बिउ लिन कृषकले पालिकामा निवेदन दिनुपर्ने ।

 

११) पाँचथरको फालेलुङ गाउँपालिकाले एक जना कार्यालय सहयोगी दैनिक ज्यालादारीमा नियुक्त गर्ने, २५ कार्तिकसम्म दरखास्त बुझाउन सूचना जारी ।

 

१२) स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले पशु शाखामा सम्पर्क गर्नुपर्ने ।

 

१३) डडेलधुराको परशुराम नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगायो, अटेर गर्नेलाई पालिकाले कारबाही गर्ने ।

 

१४) धनकुटा नगरपालिकाले आगामी मंसिर महिनामा एभोकाडो महोत्सव सञ्चालन गर्ने, पालिकाले महोत्सव सञ्चालनका विषयमा सरोकारवालासँग छलफल गर्‍यो । 

 

१५) काठमाडौं महानगरपालिकाले वडा ३१ को जागृति नगरमा बाल उद्यान निर्माण गर्ने, उद्यानको गरियो शिलान्यास ।